प्रमुख जिल्ला अधिकारी समक्ष आर्थिक अनियमिताको ज्ञापन पत्र
रासंसा/तनहुँ, चैत्र १
तनहुँ जिल्ला कै पुरानो क्लब मानिने संगम क्लवमा व्यापक भ्रष्टाचार र आर्थिक हिनामिना भएको भन्दै संस्थाको अपारदर्शीतालाई यथासक्दो चाडो रोक्न प्रमुख जिल्ला अधिकारी समक्ष क्लवका पुर्व पदाधिकारीहरुले एक कार्यक्रमका बीच गत सोमबार ज्ञापन-पत्र पेश गरेका छन्। संगम क्लवकि पुर्व अध्यक्ष मछिन्द्रादेवी श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा क्लबका पुर्व कार्य समितिका पदाधिकारी, सल्लाहकार र विभिन्न संचार माध्यामका प्रतिनिधिहरुको रोहबरमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बुझाएका हुन्। संगम क्लबकी पुर्व अध्यक्ष मछिन्द्रा श्रेष्ठले वर्तमान अबैधानिक कार्य समितिका अध्यक्ष नरेन्द्रराज वाग्लेले क्लबका पुर्व पदाधिकारीहरुलाई समेत विना जानकारी कोषमा रहेको १८ लाख ८५ हजार रुपैयाँ मनोमानी ढंगले बाडफाड गरेको प्रति आपति प्रकट गरिन्।

समितिमा वसेका एकाघरका पदाधिकारीहरुलाई वर्तमान अध्यक्ष नरेन्द्रराज वाग्लेको दशै पेश्की भनी दामशाहीले प्रति ब्याक्ति २५ हजार नगद दिएको आरोप रहेको छ। यसैगरी, तत्कालीन अध्यक्ष मेगराज काफ्लेले आफु अध्यक्ष रहदा एकैघरका २ देखि ३ जना एउटै कार्य समितिमा फकाई फुलाई राखेको भन्दै बिधान विपरित गठित कार्य समिति तत्काल बदर गर्न जिल्ला प्रशासन कार्यालय तनहुँ मा जादा सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले निवेदन उपर छानबिन गरि ३ महिना भित्र साधारण सभा बोलाउन निर्देशन दिएको भएतापनि उक्त निर्देशनको अवज्ञा गर्दै १८ लाख ८५ हजार कोही कसैसग सल्लाह नलि आफुखुसी विधालयमा अक्षकोष १ लाख ५ हजारका दरले बाडेको प्रति संगम कल्वका पुर्व कोषाध्यक्ष मंगल श्रेष्ठले खेद ब्याक्त गरे। श्रेष्ठले विना जानकारी विधान विपरीत अवैधानिक रुपमा बाडफाड गरिएको रकम तुरुन्त बदर गरिदिन प्रजिअ रिजाल समक्ष माग गरेका छन्।
यसैगरी ,कल्वको साधारणसभा अाम भेला विना नै कुनै कोठा भित्र गरेको भन्दै सार्वजनिक लेखा परिक्षण समेत पुर्व कार्य समितिको रोबरमा नगरेको ,बैक खाता खोल्दा किर्ते कागजपत्र पेशगरिएको प्रति गम्भीर अापति क्लवकि पुर्व अध्यक्ष मछिन्द्रा देबी श्रेष्ठले बताईन्। अध्यक्ष श्रेष्ठले विधान अनुसार बर्तमान अबैधानिक कार्य समितिका अध्यक्ष नरेन्द्रराज वाग्ले अाफुखुसी किर्ते काम गरि कल्वको पैसा व्यापक हिनामिना गरेको भन्दै यथासक्दो कानुनी दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल समक्ष ज्ञापन पत्र पेश गरिएको बताईन्।वि,स २०३७ सालमा स्थापना गरिएको उक्त क्लवलाई कुनै अाग्रह पुर्वाग्रह विहिन बनाउन विशेष साधारणसभाको मागगरि पूर्व सदस्यहरु गौँमाया श्रेष्ठ, चन्द्राबती पन्थ, तिर्थराज पौडेल, सीता थापा तथा आजिवन सदस्य होम कुमारी श्रेष्ठ सहितको सयुक्त टोलीले ज्ञापनपत्र बुझाएको हो ।