Saturday, October 17, 2026
Latest:
अन्य थपखेलकुददेशप्रदेश-१मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

प्रधानमन्त्री महिला क्रिकेटमा एपीएफ र लुम्बिनी विजयी

Share to:

रासंसा/सुनसरी, पौष ३०,

मुलुकमा विभागीय क्लब एपीएफ र लुम्बिनी प्रदेश इटहरीमा जारी पाँचौँ प्रधानमन्त्री कप महिला टी- २० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। यसै गरी, रोमा थापा १४ रनमा नकआउट रहँदा इन्दू बर्मा र सरिता मगरले खाता खोल्न सकेनन्। गण्डकी प्रदेशकी सृष्टि जैशीले सबै ३ विकेट आफ्नो नाममा लेखाइन। त्यसअघि इटहरी वडा नं. ९ को जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ५१ रन बनाएको थियो। शनिबार भएको दोस्रो दिनको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो। गण्डकीले दिएको सामान्य ५२ रनको लक्ष्य ८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। एपीएफको जितमा कप्तान सिता राना मगरले १९ रनको नकआउट पारि खेल्दा ज्योति पाण्डे ८ रनमा आउट भइन। कप्तान सृष्टि जैशीले सर्वाधिक १४ रन बनाउँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुजाता थापा र कुसुम गोदारले ७–७ रन बनाए। एपीएफकी प्लेयर अफ दि म्याच सुमन विष्टले ३ विकेट लिँदा नेरी थापा, शुष्मा श्रेष्ठ, सिता राना मगर र राजमति ऐरीले एक एक विकेट लिए। कर्णालीका ६ खेलाडी शून्य रनमा पेभेलियन फर्किएका थिए। लुम्बिनीका कृतिका मरासिनी र मधु डिसीले ३-३ विकेट हात पार्दा सुस्मिता भुसालले २ विकेट लिइन। त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो। दोस्रो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनले हराउँदै सुखद सुरुवात गर्‍यो। लुम्बिनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली १८ ओभर १ बलमा अलआउट हुँदै ४९ रनमा समेटियो। कर्णालीका लागि यमुना थारुले १३ रन जोडिन। किरण कुँवरले १० रन जोडिन भने अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोडिन। सरस्वती पुनले अविजित ३० रन बनाउँदा आश्मा पुलामी मगरले १४ रन र रन्जु श्रेष्ठले १० रन जोडिन। कर्णालीका यमुना थारु र बिना थापाले २-२ विकेट लिइन। प्रतियोगिता अन्तर्गत आइतबार हुने पहिलो खेलमा एपीएफ र बागमती प्रदेशबिच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा मधेस प्रदेश र कर्णाली प्रदेशबिच खेल हुनेछ।

Like