एमालेका लक्ष्मी महतो माओवादीका गिरिराजमणि पोखरेललाई हराए
रासंसा/महोत्तरी, मार्ग ११,
मुलुकमा महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई हराउँदै नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन्। महतोले २३ हजार ४०२ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याए। महतोले सतारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गरेका हुन्। पोखरेलले त्यस क्षेत्रबाट १५ वर्षदेखिको लगातार विजय जित्दै आएका थिए। उनी ०६४, ०७० र ०७४ मा लगातार विजयी भएका थिए। उनी ५ पटक मन्त्री भइसकेका छन्।
Like