अन्य थपमुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

अमेरिका उत्तर कोरियालाई तर्साउन सुपरसोनिक बमबर्षक विमान उडाउँदै

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १९,

मुलुकमा यो साता शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा तनाव सृजना गरेको उत्तर कोरियालाई तर्साउन अमेरिकाले दक्षिण कोरियाको आकाशमा सुपर सोनिक बमबर्षक विमान उडाउने भएको छ । वायु सेनाको संयुक्त अभ्यासमा दुवै देशका अत्याधुनिक एफ थर्टीफाइभ लडाकू विमानसहित दुई सय ४० विमान समावेश छन् । उक्त अभ्यासबाट आक्रोशित प्योङयाङले यो साता समुद्रमा दर्जनौँ क्षेप्यास्त्र प्रक्षेपण गर्नाका साथै अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो । उसले आन्तरिक रूपमा युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश प्रवाह गरेको थियो । दक्षिण कोरियासँगको संयुक्त हवाई अभ्यासको अन्तिम दिन आज प्योङयाङलाई आफ्नो शक्ति देखाउन अमेरिकाले सुपरसोनिक बमबर्षक विमान पनि अभ्यासमा समावेश गरिएको सोलले बताएको छ । वायुसेनाको संयुक्त अभ्यासमा बमबर्षक विमान पनि समावेश हुने बताएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन । ‘भिजिल्याण्ट स्टोर्म’ नामको अमेरिकासँगको कोरियाको संयुक्त सैन्य अभ्यासलाई सैन्य टकरावको उन्माद भन्दै उत्तर कोरियाली विदेश मन्त्रालयले शुक्रबार अबेर एक वक्तव्य निकालेर आफ्नो सार्वभौमसत्ता तथा राष्ट्रिय सुरक्षाविरुद्ध लाग्नेहरूलाई कडा जवाफ दिइने जनाएको छ ।

Like