नेसपाद्वारा चुनावी घोषणापत्र सार्वजनिक

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ६,

मुलुकमा नेपाल समाजवादी पार्टी (नेसपा)ले प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन २०७९का लागि घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी घोषणापत्रमार्फत जनतासमक्ष १२ वटा वाचा गरेका छन् । आज चुनावी घोषणा सार्वजनिक गर्दै उनले जनताका लागि आफ्नो पार्टीले गरेका वाचा पूरा गर्ने गरी काम गर्ने बताउनु भयाे । आइतबार सार्वजनिक तीन खण्डमा रहेको घोषणापत्रमा नेसपाले हालको निर्वाचन प्रणाली र शासकीय त्रुटिपूर्ण रहेको भन्दै त्रुटि नसच्चाएसम्म राजनीतिक स्थिरता, सुशासन र समृद्धि सम्भव नहुने उल्लेख गरेको छ ।

Like