राष्ट्रिय सभाको बैठक आज बस्दै

Share to:

रासंसा/काठमाण्डौ, भाद्र १२,

मुलुकमा राष्ट्रिय सभाको बैठक आज आइतबार बस्दैछ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाले पुनः पारित गरेर पठाएको नागरिकता ऐन संशोधन विधेयक पेश गर्ने कार्यसूचि रहेको छ । यस्तै, राष्ट्रिय सभाका सचिव फुयालले प्रतिनिधि सभामा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बिमा विधेयक, २०७५’, ’पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ’सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू र राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाइएको ’सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधि सभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभामा टेबुल गर्नेलगायत कार्यसूची रहेको छ । त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनु हनेछ ।

Like