स्वामी सच्चिदानन्द विशुद्धदेवको प्रतिमा मुर्ती भित्राइयो

Share to:

रासंसा/काभ्रे, श्रावण १९,

मुलुकमा सनातन धार्मिक युग पुरुष १००८ स्वामी सच्चिदानन्द विशुद्द्देवको प्रतिमा मुर्ति विशुद्द धाम शंखु काभ्रेमा भित्राइएको छ । स्वामी सच्चिदानन्द विशुद्ददेवका प्रथम शिष्य स्वामी कल्याण मित्रको संकल्पमा तयार गरिएको सो मुर्ति चरित्र निर्माण संघले आयोजना गरेको हो । चरित्र निर्माण संघका उपाध्यक्ष हिक्मत सिंह र पदाधिकारीहरुको सहभागी थियो । स्वामी सच्चिदानन्द विशुद्ददेवको मुर्ति मूर्तिकार रवि शाक्यले निर्माण गर्नुभएको थियो । मुर्तिलाई धुलिखेल नगरपालिका स=वडा नम्बर १२ का वडाध्यक्ष मोहन लामिछानेलगायत स्थानीयवासीहरुको उल्लेखीय मात्रामा उपस्थ्तिती थियो । कार्यक्रममा वडाध्यक्ष लामिछानेले संस्थामार्फत कुनै परियोजना तथा गुरुयोजना वडामा पेश भएमा स्थानीय सरकार, प्रदेश सरकार एवं संघिय सरकारले पूर्ण रुपमा सहयोग पुराउने छ बताउदै स्वामी सच्चिदानन्द विशुद्ददेवले लेख्नु भएको विशुद्द पुस्ताका पुस्तक चरित्र विज्ञानले मा धेरै प्रभावित भए र स्वामीले लेख्नु भएको मस्तिस्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमान्दारीका यी शब्दहरुले संसारका मानिसहरुले बुझ्न चाहेर बुझ्न सके संसार नै चरित्रमय हुनेह्तियो लाग्छ मलाइ भन्नुभयो । कार्यक्रममा स्थानीयवासिन्दाहरुले खुशी ब्यक्त गरेका थिए । कार्यक्रम सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपाल एवं पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका प्रधान सम्पादक/प्रकाशक, सेभ द नेशन अनलाइन टेलिभिजनका सन्चालक एवं प्रस्तोता, सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका प्रमुख सल्लाहकार, ॐ कैलाश शिवढुङ्गा शिवशक्ती महापीठ धामका संरक्षक, पशुपति योगाभ्यास केन्द्रका सल्लाहकार के. बि. सम्राट तथा पशुपति अन्नपुर्ण आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षण माता भद्रकालीको पनि उपस्थिति थियो । स्वामी सच्चिदानन्द विशुद्धदेवको प्रतिमा मुर्ती भित्राउने कार्यक्रमको सेभ द नेशन अनलाइन टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

Like