राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक स्वास्थ्यमन्त्री विरोध खतिवडाज्युबाट डायमण्ड पीनद्वारा सम्मानित

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ३१,

विश्व रक्तदाता दिवसको पावन अवसरमा पशुपती अन्नपुर्णा आश्रम, सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपालका केन्द्रीय अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक, सेभ द नेशन अनलाइन टेलिभिजनका सन्चालक, राष्ट्र संरक्षण डट कमका अध्यक्ष, सार्वजनिक यातायात केन्द्रीय महा संघ नेपालका प्रमुख सल्लाहकार के. बि. सम्राट ११० पटक रक्तदान गरेकोमा ब्लोदान संस्थाले आयोजना गरेको विश्व रक्तदाता दिवसमा नेपाल सरकारका स्वास्थ्यमन्त्री प्रमुख अतिथि विरोध खतिवडाज्युबाट डायमण्ड पीन तथा प्रमाणपत्रसहित सम्मानित हुनुभएको छ ।

ब्लोदान नेपालले आयोजना गरेको विशेष समारोहका ब्लोदानका अध्यक्ष ई. सानुबाबु प्रजापतिको सभापतितवमा भएको समारोहमा स्वास्थ्य मन्त्रि बिरोध खतिवडाले यो दिनको पावन घडीमा ब्लोदानले पुराएको योगदानप्रति प्रसंसा गर्दै अब मुलुकमा रगतको खाँचो हुन नदिने सरकारको नीति तथा कानून ल्याउने र प्रत्येक प्रदेशमा यसको व्यवस्था मिलाउने बताउनुभयो । कार्यक्रममा २५ पटकभन्दा माथि रक्तदान गर्ने रक्तदातालाई सिल्भर पीन तथा प्रमाणपत्र, ५० पटकमाथि रक्तदान गर्ने रक्तदाताहरुलाई गोल्डेन पीन तथा प्रमाणपत्र र १०० पटकमाथि रक्तदान गर्ने रक्तदातालाई डायमण्ड पीन तथा प्रमाणपत्रबाट सम्मान गरिएको थियो । ब्लोदान नेपाललाई सहयोग पुराउने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई शिल्ड तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । समारोहमा प्रमुख अतिथि, अतिथि तथा ब्लोदान नेपाललाई योगदान पुराउने पदाधिकारीहरुलाई मायाको चिनोबाट सम्मान गरिएको थियो ।

यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजले राजधानीको होटेल हार्दिकमा विशेष समारोहको आयोजना गरेको थियो । समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी रक्ताशातक प्रेम सागर कर्माचार्यको सभापतित्वमा भएको समारोहको प्रमुख अतिथि युगगायक एवं वरिष्ठ संगीतकार रामेश श्रेष्ठको आतिथ्यतामा भएको थियो । प्रत्येक स्वस्थ युवायुवतीहरुले आफ्नो १८ वर्षको जन्मोत्सबसंगे रक्तदानको शुभारम्भ गरौ भन्दा र गर्दा पनि रक्त संचार केन्द्रलाई जहिले पनि रगतको अभाब भै रहंदा विभिन्न संघ संस्थाको आयोजनामा रक्तदान कार्यक्रम मार्फत रगत संकलन गरिदा यसको पूर्ण रुपमा पूर्ति हुन सकेको छैन । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी रक्तदाता शतक वरिष्ठ समाजसेवी प्रेम सागर कर्माचार्यले रक्तदाताहरुलाई अनुरोध गर्दै केहि मात्रामा रगतको पूर्ति हुन सकेको छ । यसका लागि उहाप्रति हामि सबैकोतर्फबाट हार्दिक कृतज्ञता आभार ब्यक्त गर्न चाहन्छौं । समाजले रक्तदान कार्यमा एकेबद्द्ता जनाऔ । जीवन बचाउने अभियानमा सहभागी हौ ।। भन्ने मूल नाराकासाथ यहि २०७९ साल ज्येष्ठ ३१ गते मंगलबार दिनको २ बजे विश्व रक्तदाता दिवस भव्यताकासाथ काठमाण्डौको बागबजारस्थित होटेल हार्दिकमा रक्तदान कर्यक्रमसंगै मनायो ।

सो समारोहमा युगगायक एवं वरिष्ठ संगीतकार रामेश श्रेष्ठको प्रमुख अतिथ्यताकासाथ् अतिथिहरु, डा. मनिता राजकर्णिकार, डा. कपेंद्र शेखर अमात्य, भिक्षु आनन्द, मनराजा नकर्मी, दुर्गा पाठक, दिव्यमणि दीक्षित लगायतका विशिस्ट महानुभावहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको आयोजक संस्था नेपाल स्वयंसेवी रक्तदाता समाजले जनाएको छ । सोहि समारोहमा विकल्प रहित रगतको मूल स्रोत हामी बोलको रक्तदान जनजागरण गीतको लोकार्पण पनि भएकको थियो । समारोहमा रक्तदान कर्यमक्रमा डा. मनिता राजकर्णिकारले २७ पटकको रक्तदान गर्नुभएको थियो भने विश्वकै सबैभन्दा बढी पटक रक्तदान गर्ने महिला नीता घिरोहियाले १५७ औं पटक रक्तदान गर्नुभएको थियो । रक्तदान कार्यक्रममा ४४ जना स्वयंसेवी रक्तादाताले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई सम्मानपत्र वितरण गरिएको थियो भने उपस्थित प्रमुख अतिथि, अतिथिगणहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Like