एसपीपी नेपालको असंलग्‍न परराष्ट्र नीति विपरीत : शंकर पोखरेल

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १,

मुलुकका नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) नेपालको असंलग्न परराष्ट्र नीति विपरीत रहेको बताएका छन्। बुधबार प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले नेपालको असंलग्न परराष्ट्र नीति विपरीत अमेरिकी सैन्य रणनीतिमा देशलाई लैजाने गलत काम हुन लागेको भन्दै कुनैपनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले नरहेको बताए। नेपाली सेनाको सहकार्यको बहाना बनाएर कुनै पनि देशको सैन्य हस्तक्षेप स्वीकार्य नहुने उनको भनाइ छ । त्यस्तै, उनले नीतिगत अस्थिरता र वैदेशिक चलखेललाई आमन्त्रण गर्ने गठबन्धनको रणनीति भएको आरोप लगाए । गठबन्धन सत्ताको स्वार्थको विषय बन्न सक्ने तर देश विकासको विषय बन्न नसक्ने एमालेको मान्यता रहेको उनको भनाइ छ। उनले एमालेको नेतृत्वमा नै मुलुकको विकास हुने भएकाले पार्टीलाई बलियो बनाउँदै अघि बढ्ने तर्क गरे।

Like