नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा विश्व रक्तदाता दिवस भव्यताका मनाउदै
रासंसा/काठमाण्डौ, ज्येष्ठ ३०,
मुलुकमा प्रत्येक स्वस्थ युवायुवतीहरुले आफ्नो १८ वर्षको जन्मोत्सबसंगे रक्तदानको शुभारम्भ गरौ भन्दा र गर्दा पनि रक्त संचार केन्द्रलाई जहिले पनि रगतको अभाब भै रहंदा विभिन्न संघ संस्थाको आयोजनामा रक्तदान कार्यक्रम मार्फत रगत संकलन गरिदा यसको पूर्ण रुपमा पूर्ति हुन सकेको छैन । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी रक्तदाता शतक वरिष्ठ समाजसेवी प्रेम सागर कर्माचार्यले रक्तदाताहरुलाई अनुरोध गर्दै केहि मात्रामा रगतको पूर्ति हुन सकेको छ । यसका लागि उहाप्रति हामि सबैकोतर्फबाट हार्दिक कृतज्ञता आभार ब्यक्त गर्न चाहन्छौं । समाजले रक्तदान कार्यमा एकेबद्द्ता जनाऔ । जीवन बचाउने अभियानमा सहभागी हौ ।। भन्ने मूल नाराकासाथ यहि २०७९ साल ज्येष्ठ ३१ गते मंगलबार दिनको २ बजे विश्व रक्तदाता दिवस भव्यताकासाथ काठमाण्डौको बागबजारस्थित होटेल हार्दिकमा रक्तदान कर्यक्रमसंगै भब्यताकासाथ मनाउने भएको छ । सो समारोहमा युगगायक एवं वरिष्ठ संगीतकार रामेश श्रेष्ठको प्रमुख अतिथ्यताकासाथ् अतिथिहरु, प्रा. डा. भगवान कोइराला, डा. विशेष पौडेल, डा. मनिता राजकर्णिकार, कुमार थापा, डा. कपेंद्र शेखर अमात्य, भिक्षु आनन्द, मनराजा नकर्मी, दुर्गा पाठक, दिव्यमणि दीक्षित लगायतका विशिस्ट महानुभावहरुको उपस्थितिमा कार्यक्रम हुने आयोजक संस्था नेपाल स्वयंसेवी रक्तदाता समाजले जनाएको छ । सोहि समारोहमा विकल्प रहित रगतको मूल स्रोत हामी बोलको रक्तदान जनजागरण गीतको लोकार्पण पनि हुने भएकाले सबै तहपदीय महानुभावहरुलाई उपस्थिति भइ कार्यक्रम सम्पन्न गराइदिनु हुन आयोजक संस्थाले अनुरोध गरेको छ ।