मंगल ग्रहमा ढोका देखियो

Share to:

एजेन्सी

विश्वमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीको छिमेकी ग्रह मंगल ग्रहमा पठाएको ‘क्युरियोसिटी’ रोभरले त्यहाँबाट चकित पार्ने तस्बिर पठाएको छ ।
यो तस्बिरमा मंगल ग्रहको कडा चट्टानमा निकै राम्रोसँग काटिएको गुफाको मुख देखिन्छ । ढोका जस्तो आकारको यो आकारलाई लिएर पछिल्ला केही दिनदेखि धेरै प्रश्न उठिरहेका छन् । कतिपयले यसलाई ‘ढोका’ आकारको रूपमा व्याख्या गरेका छन् भने धेरैले यो ‘मार्ग’ पृथ्वीबाहेक अन्य सभ्यताका मानिसले बनाएको हुनुपर्छ भन्ने धारणा व्यक्त गरिरहेका छन् । तर सन् २०१२ देखि मंगल ग्रहको जानकारी पठाउँदै आएको रोभरले खिचेको यो तस्बिरको राम्रो व्याख्या पेश गर्नुपर्ने आवश्यकता महसुस भएको छ । नासाले यो सबै मानिसहरुको दृष्टिकोण मात्रै भएको बताएको छ । नासाले ७ मेमा क्युरियोसिटी रोभरले खिचेको मंगल ग्रहको सतहको यो तस्बिर सार्वजनिक गरेको हो । नासाले यो तस्बिर ‘सोल ३४६६’ सिरिजको एक एपिसोडको रूपमा पहिचान गरेको छ । यसलाई ‘मार्स एक्सप्लोरेसन प्रोग्राम’ को वेबसाइटमा धेरै फ्रेममा सार्वजनिक गरिएको छ । तर यो तस्बिर विशेष श्रृखंला को एउटा भाग मात्र हो । र जब यसलाई पूर्णतामा हेरिन्छ, यसको आकार प्रति दृष्टिकोण अलि परिवर्तन हुन्छ । यो सार्वजनिक भएपछि, इन्टरनेटमा मानिसहरूले यसको आकार र यसको ‘ढोका’ वा ‘मार्ग’ बारे विभिन्न सिद्धान्तहरू प्रस्तुत गर्न थालेका छन् । नासाले बीबीसी मुन्डोलाई भन्यो, ‘यो कुनै चट्टानमा भएको सानो दरारको धेरै, धेरै, धेरै ठूलो सट हो ।’ नासाको जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) का वैज्ञानिकहरूले यो दरारको आकार निकै सानो अर्थात ४५ सेन्टिमिटर लामो र ३० सेन्टिमिटर चौडाइ भएको बताएका छन् । यो आकृतिको पूर्णता बुझ्न, यसको तल दिइएको तस्बिर हेर्न सक्नुहुन्छ । यसमा देखिए अनुसार जेजेरो क्रेटरको चट्टानमा यो दरार एकदम सानो छ । स्मरण रहोस्, यो क्रेटर केहि हप्ता अघि क्युरियोसिटी रोभरले पत्ता लगाएको हो । यो फ्र्याक्चरले पछिल्ला केही दिनमा धेरै विशेषज्ञहरूको ध्यान आकर्षित गरेको छ । उनले लाइभ साइन्स नामक वेबसाइटलाई भने, ‘छोटकरीमा भन्ने हो भने यो मलाई प्राकृतिक क्षरण भएको जस्तो लाग्छ । यस चित्रमा देखिने चट्टानको बनावटमा सिल्ट र बालुवाका धेरै तहहरू छन् ।’ बेलायतका भूगर्भशास्त्री नील हजसनले मंगल ग्रहको भू–आकृतिहरुको धेरै अध्ययन गरेका छन् । उनी भन्छन्, ‘तस्बिर ‘जिज्ञासु’ छ तर रहस्यमय छैन ।’ सतह भाच्चिँदा स्वभाविक रूपमा त्यस्ता दरारहरू सिर्जना हुन सक्छ । तर यस प्रकारको क्षरण तब हुन्छ जब माथिदेखि तलसम्म फ्र्याक्चर हुन्छ र चट्टानको तहहरू काटिन्छन् । हजसनले भने, ‘यो चट्टान बन्ने स्थितिमा लगभग ४०० करोड वर्ष अघि यी त्रि जम्मा हुँदै गयो । यो तह सम्भवतः नदीमा ढिस्कोको रूपमा वा हावाको झोंक्काले जम्मा भएको थियो ।’

Like