प्रदेश-४ [गण्डकी]समाचार

दुलेगौडा सांस्कृतिक महोत्सव–२०८३ आजदेखि सुरु, वडा दशैं विशेष सांगीतिक कार्यक्रम हुने

Share to:

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश

​तनहुँ, ८ असोज
तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडास्थित केसरी ग्राउण्डमा आजदेखि “वडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव–२०८३” सुरु भएको छ। शुक्लागण्डकी युवा क्लब, शु.न.पा.–४, तनहुँको आयोजनामा यो महोत्सव सञ्चालन भएको हो।
​महोत्सव आज मिति २०८३ असोज ८ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। विजया दशमीको पावन अवसरमा आयोजित यस सांस्कृतिक कार्यक्रममा विभिन्न स्थानीय तथा ख्यातिप्राप्त कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।
​आजको मुख्य आकर्षणहरू:
​गायकहरू: आसी गौली र सावित्री हड्खलेको सांगीतिक प्रस्तुति।
​कार्यक्रम सञ्चालक तथा कलाकार: शंकर पन्थ र विश्व बुढाको विशेष प्रस्तुति एवं सञ्चालन।
​नृत्य प्रस्तुतहरू: डान्सरहरू आदित्य पुन, रेनु श्रेष्ठ र अलिसा चौधरीको आकर्षक नृत्य।

Like