अन्य थपमुख्य समाचारविश्वसमाचारस्पेसलहेडलाइन

तीन महिना निःशुल्क काम गर्ने गरि एक वर्षका लागि जेल गए सिद्दु

Share to:

एजेन्सी,

पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धुले पटियाला अदालतमा रोड रेज मुद्दामा आत्मसमर्पण गरेका छन् । उनले आफूसँग लुगाले भरिएको झोला ल्याएका छन् । अदालतमा सिद्धुले आत्मसमर्पण गरेको कागजी प्रक्रिया पूरा गरियो । सिद्धुको माता कौशल्या अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । यहाँ सिद्धुले गहुँसँग एलर्जी भएको कुरा गरेका छन् । साथै, उनको खुट्टामा बेल्ट पनि बाँधिएको छ, जसका लागि उनको मेडिकल रेकर्डको पनि जाँच गरिएको छ । प्रहरीले उनलाई अहिले पटियाला केन्द्रीय कारागारमा लगेको छ । यो त्यही जेल हो जहाँ सिद्धुका कट्टर प्रतिद्वन्द्वी विक्रम मजिठिया लागूऔषध मुद्दामा थुनिएका छन् । तर, सिद्धु कैदी हुन् र मजिठिया अझै हिरासतमा छन् । यसअघि, सिद्धुका वकिल अभिषेक मनु सिंघवीको याचिकामा न्यायाधीस एएम खानविलकरले भनेका थिए, ‘हामी यो मुद्दा प्रधान न्यायाधीशलाई पठाउँदैछौँ, उनले सुनुवाइ गरेर निर्णय गर्नेछन् ।’ सिद्धुले खराब स्वास्थ्यका कारण आत्मसमर्पण गर्न अदालतसँग एक साताको म्याद मागेका थिए । सिद्धुले सर्वोच्च अदालतबाट राहत पाएनन् । आत्मसमर्पणका क्रममा सिद्धुले कसैसँग कुरा गरेनन् । सर्वोच्च अदालतले शुक्रबार क्युरेटिभ याचिकामा तत्काल सुनुवाइ गर्न अस्वीकार गरेको थियो । सिद्धुका वकिलहरू आशावादी थिए कि दिउँसो फेरि याचिकाकर्ताले सर्वोच्च अदालतमा सुनुवाइको माग गर्नेछन् । तर, सर्वोच्चमा सुनुवाइ भएन । यस्तै, पञ्जाबका कांग्रेस नेताहरूले सिद्धुको पक्ष छोडेका थिए । तर, अहिले कांग्रेस नेतृ प्रियंका गान्धीले सिद्धुलाई फोन गरेकी छन् । उनले सिद्धुलाई कांग्रेस उनको साथमा रहेको आश्वासन दिइन् । उनले सिद्धुलाई बलियो रहन प्रोत्साहित गरिन् । सिद्धुलाई कांग्रेसमा प्रियंका गान्धीको निकट मानिन्छ ।

Like