Saturday, October 17, 2026
Latest:
अन्य थपप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

कामु प्रधानन्यायाधीश कार्कीको उद्घोष छवि विगारेर बिदा हुन चाहन्न

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २६,

मुलुकका कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा रहँदासम्म छवि नबिगार्ने प्रतिबद्धता जनाएका छन्। न्यायाधीश नियुक्तिमा सुधार गर्ने कार्कीको प्रतिबद्धता थियो। कानून दिवसका अवसरमा सर्वोच्च अदालत, बार एशोसिएशनद्वारा सोमबार आयोजित विधिको शासन र यसका चुनौती विषयक एक दिवसीय गोष्ठीमा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिमा सुधार गर्ने बताए। कायममुकायम प्रधान न्यायाधीश कार्कीले विगतमा न्यायाधीश नियुक्ति भए जसरी गर्ने हो भने अपजस व्यहोर्नुपर्ने बताए। ‘योग्य व्यक्तिलाई न्यायाधीशमा नियुक्ति गरौं भनि सबै जना बसेर गरेको प्रतिबद्धता हो। भविष्यमा न्यायाधीशको रुपमा सबैले स्वीकार गर्न सकिने बाटो होस्। समय पनि धेरै छैन। जति अवधि न्यायालयमा बसिन्छ राम्रो काम गरेर जाउँ भन्ने हामीलाई लागेको छ। इमेज (छवि) बिगारेर जान पनि चाहदैंनौं,’ उनले भने। ‘न्यायाधीश नियुक्तिमा हामीलाई चित्त बुझेको छैन। कानून व्यवसायीलाई पनि चित्त बुझ्ने कुरा भएन। अब हामी न्यायाधीश नियुक्तिको विषयमा गुणस्तर खोजिरहेका छौं,’ उनले भने, ‘कानूनमन्त्रीज्यूलाई नियुक्ति पछि मैले पहिलो पटक भनेको कुरा पनि हो। न्यायपालिकामा सबैभन्दा चुनौतीको विषय न्यायाधीशको नियुक्त भएको छ। यसलाई सुधार गर्नुपर्छ। विश्वास दिलाउन चाहन्छु, अब खल्तिबाट नाम निकालेर ट्वाक ट्वाक नियुक्त हुनेवाला छैन।’ गत फागुन १ गते कायममुकायम प्रधान न्यायाधीश बनेका कार्कीले झण्डै ४० वर्ष न्याय सम्पादनमा बिताएका छन्। कायममुकायम प्रधान न्यायाधीश कार्की ६५ वर्ष पूरा भई उमेरहदका कारण आगामी असोज महिनामा अवकाशमा जानेछन्।

Like