जिम्बावे ‘ए’ द्वारा ३३ ओभरको खेलमा नेपालसामु २१४ रनको लक्ष्य,

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २६,

मुलुकमा भइरहेको पाहुना टोली जिम्बावे ‘ए’ ले तेस्रो तथा अन्तिम एक दिवसीयमा खेलमा नेपाललाई २ सय १४ रनको लक्ष्य दिएको छ । मैदानमा पानी जमेकाले समयमै खेल शुरु नहुँदा खेललाई ३३ ओभरमा झारिएको थियो । जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको योगदान गरे । त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२ ओभर १ बलमा अलआउट हुँदै २ सय १३ रन बनाएको हो । नेपालका किशोर महतोले ५ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । यस्तै, कुड्जाई मौन्जेले ३९ रन जोड्दा रोय कियाले ३६ रन बनाए । कप्तान टोनी मुन्योगाले २४ रन, सेफासले १६ रन, इनोसेन्ट कियाले १२ रन र लुक जोग्वीले १९ रन बनाए । यसअघि भएको तीन खेलको एक दिवसीय क्रिकेटको सिरिज पनि १–१ मा टुंगिएको थियो । एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपालले अहिले ब्याटिङ गरिरहेको छ । तीन खेलको सिरिज १–१ को स्थितिमा रहेको छ ।

Like