प्रधानमन्त्री देउवाको भनाइ गठबन्धनका कारण कांग्रेसलाई धेरै फाइदा भयो
रासंसा/दाङ, बैशाख २५,
मुलुकका प्रधानमन्त्री तथा नेपालि कांग्रेस सभापति शेरबहादुर देउवा पोखराबाट आजै दाङ पुग्नु भएकाले तुलसीपुरमा आयोजित सभालाई गठबन्धनका कारण सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसलाई भएको दाबी गर्नुभयो । संविधान, लोकतन्त्र, गणतन्त्र विरोधीको लागि गठबन्धन भएकाले गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन उहाँको आग्रह थियो । सभामा नेकपा (एकीकृत समाजवादी)उपमहासचिव डा. विजय पौडेलले केपी शर्मा ओलीले अदालतमा सेटिङ गरेर तत्कालीन नेकपालाई विभाजित गरेको आरोप लगाउनुभयो । गठबन्धन राष्ट्रिय आवश्यकता भएको उहाँले बताउनुभयो । सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता र राष्ट्रको आवश्यकताअनुसार गठबन्धन बनेको बताउनुभयो ।
Like