सयभन्दा बढी हवाई भारी वर्षाका कारण उडान रद्द
एजेन्सी,
सिड्नी विमानस्थलका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई बाढी आएपनि रनवेहरू खुला रहेको पुष्टि गरेका छन्। अष्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण एक सयभन्दा बढी उडान रद्द गरिएका छन्। वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द गरिएको बताइएको छ। प्रवक्ताले आँधीबेहरीका कारण केही उडान रद्द र केहीमा ढिलाइ भएको बताउदै यात्रुहरूलाई उडानको स्थितिबारे सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन उनले आग्रह गरेका छन्। स्थानीय मौसम सेवा प्रदायक ‘वेदरजोन’को तथ्याङ्कले सिड्नीमा शुक्रवार बिहानसम्म २४ घण्टामा १११ मिलिमिटरको वर्षाको साथ पूर्ण डुबानको सामना गरेको थियो। न्यु साउथ वेल्स क्षेत्रमा रातारात तीव्र र व्यापक वर्षा भएपछि सिड्नीमा सबैभन्दा बढी क्षति भएको छ। गम्भीर मौसमी प्रभावले ११ वटा रेल लाइनहरू जोड्ने यातायात केन्द्र ‘रेडफर्न स्टेसन’मा उपकरणमा क्षति पुग्दा रेल सेवासमेत प्रवावित भएको छ। रेडफर्नमा मौसमले उपकरणलाई क्षति पुगी विमानको उडानमा ढिलो भएका कारण रेलहरू समेत निर्धारित समयमा सेवा दिन सकेका छैनन्। मौसम प्र्रतिकुल नहुँदासम्म हवाई तथा रेल सेवामा ढिलाइ र अवरोध जारी रहने सूचना गरिएको न्यु साउथ वेल्सको सरकारी सडक तथा यातायात कार्यालयले सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ।