अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

नेपालले थप ऊर्जा निर्यात गर्न स्वीकृति पायो

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २३,

मलुकमा नेपालले भारतीय बजारमा थप ३ सय २५ मेगावाट बिद्युत् बिक्री गर्न अनुमति पाएको छ । पहिलो चरणमा ३९ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति पाएको नेपालले थप विद्युत् निर्यात गर्ने स्वीकृति पाएसँगै अब नेपालले भारतीय बजारमा ३ सय ६४ मेगावाट विद्युत् बिक्री गर्न सक्नेछ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालले भारतीय बजारमा थप बिजुली निर्यात गर्न स्वीकृति पाएको जानकारी दिनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले भारतीय बजारमा विद्युत् बिक्रीको स्वीकृति पाएसँगै भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीको सहमतिमा जारी भएको ‘नेपाल भारत ज्वाइन्ट भिजन स्टेटमेन्ट अन पावर सेक्टर को–अपरेसन’ कार्यान्वयन चरणमा प्रवेश गरेको बताउनुभयो । उहाँले भारतीय बजारमा विद्युत् बिक्री सुरु भएपछि नेपालको असन्तुलित व्यापार घाटा घटाउन मद्दत मिल्ने बताउँदै यसपछि बङ्गलादेशमा पनि विद्युत् बिक्री गर्ने जानकारी दिनुभयो । उहाँले भारतमा हाल ३ सय ६४ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको र थप विद्युत् बिक्रीका लागि प्रक्रियामा रहेको जानकारी दिनुहुँदै यसपछि नेपालले बङ्गलादेशमा पनि विद्युत् बिक्री गर्ने योजना बनाएको बताउनुभयो । ऊर्जा सचिव देवेन्द्र कार्कीले नेपाल भारतका बीच भएको ‘नेपाल भारत ज्वाइन्ट भिजन स्टेटमेन्ट अन पावर सेक्टर को–अपरेसन’ सहमति ऊर्जा उत्पादन, प्रसारण र व्यापारमा केन्द्रित भएको जानकारी दिनुभयो ।
उहाँले छोटो समय आकस्मिक समस्या आएको भएपनि उद्योगीहरूले अफवाह फैलाएर राजनीति गर्न खोजेको दाबी गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग नेपालले महँगो मूल्यमा विद्युत् खरिद गर्‍यो भन्ने हल्ला सत्य नभएको भन्दै औसत ७ रुपैयाँ २० पैसामा खरिद भइरहेको जानकारी दिनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालू आर्थिक वर्षको ९ महिना करिब ८ अर्बको विद्युत् खरिद गरिएको बताउँदै यसको आधारमा चालु आर्थिक वर्षमा १० अर्बको विद्युत् खरिद हुने स्पष्ट पार्नुभयो ।

Like