दाहाल पदाधिकारी चयनमा असफल

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन २३,

शुक्रबारदेखि जारी बैठकले यी प्रमुख विषयमा निर्णय नै गर्न सकेन । सहमति जुटाएर निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहालले शनिबार र आइतबार बैठक स्थागित गरेका थिए । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो समिति, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्न असफल भएको छ । तर, नेताहरूका बीचमा भएको आन्तरिक छलफलमा समेत सहमति जुट्न नसकेपछि प्रमुख विषयमा निर्णय नै नगरी बैठक स्थगित भएको छ । अब आगामी २० जेठमा बस्ने केन्द्रीय समिति बैठकबाट यी एजेन्डामा छलफल हुनेछ । ११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशन भएको दुई महिना बितिसक्दा समेत स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने केन्द्रीय समितिको बैठकले गर्न नसकी परधकेल्ने काम भएको छ । पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै एमसीसीलगायतकाका विषयमा २० जेठपछि छलफल हुनेछ । आगामी २० जेठमा यी प्रमुख विषयमा छलफल गरेर निर्णय गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए । एमसीसीलगायतका विषयमा आएको फरक मतलाई दर्ज गरेर राख्ने र आगामी बैठकमा पार्टीभित्र छलफल गरिने उनले बताए । माओवादी स्रोतका अनुसार अध्यक्ष दाहालका लागि सबैभन्दा बढी जटिल विषय महासचिव कसलाई बनाउने भएको छ । नेता वर्षमान पुन र जनार्दन शर्माले भए सर्वसम्मति नभए निर्वाचनबाटै आफंै महासचिव हुने अडान लिएपछि सहमति जुटन नसकेको स्रोतको दाबी छ । ध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने माओवादीले विधानमा उल्लेख गरेको छ । तर, यसअघिको बैठकबाट अध्यक्षमा दाहाललाई सर्वसम्मत निर्वाचित गरिएको थियो । पदाधिकारीका साथै स्थायी समिति, पोलिटब्युरो समितिमा कसलाई राख्ने विषयमा समेत अध्यक्ष दाहालले सहमति जुटाउन सकेनन् । यी समितिमा पर्न नेताहरूको संख्या बढी भएकाले सहमति जुटाउन दाहाल असफल भएको माओवादी स्रोतको दाबी छ । महासचिवका लागि देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महारा, शक्तिबहादुर बस्नेतलगायतका नेताहरू समेत दौडधुपमा थिए । महत्वपूर्ण भनिएको र अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिवका लागि नेताहरूका बीचमा तीव्र प्रतिस्पर्धा रहेको छ । अन्य पदका लागि समेत नेताहरू दौडधुपमै रहेका छन् । बैठकले केन्द्रीय समितिमा ९७ जना सदस्य थप्ने निर्णय गरेको छ । ‘महाधिवेशनले टुंग्याएको विधानअनुसार ९७ जना केन्द्रीय सदस्यको मनोयनन र बाँकी ठाउँहरू पूरा गर्नु थियो । त्यो पूरा गरिएको छ’ बैठकपछि नेता पुनले भने । ‘विभिन्न पदका लागि आकांक्षी नेताहरूको संख्या बढी नै छ । सबैलाई महत्वपूर्ण जिम्मेवारी नै चाहिएको छ । मिलाउँदा मिलाउँदै नमिल्ने अवस्था आएपछि पर धकेल्ने काम भएको छ’ बैठकमा सहभागी एक नेताले भने । पुसमा सम्पन्न आठौं महाधिवेशनको बेलामा २ सय ४७ जनाको केन्द्रीय समिति घोषणा गरिएको थियो । ९७ जना केन्द्रीय सदस्य थपिएपछि अब माओवादीको केन्द्रीय समितिको संख्या ३ सय ३७ पुगेको छ । अझै केन्द्रीय सदस्यको २५ प्रतिशत नबढ्ने गरी वैकल्पिक केन्द्रीय सदस्य थप्ने’bout गृहकार्य भएको छ । सो विषयमा आगामी बैठकमा छलफल गरेर थप्ने काम हुनेछ ।

यी हुन् थपिएका केन्द्रीय सदस्य

समानुपातिक र खुलातर्फ
दलित पुरुष
शंकर दुलाल (बाग्मती),
ठाकुर विक (लुम्बिनी)
टेकबहादुर मिजार (बाग्मती)
रणेन्द्र बराइली (बाग्मती)
कर्णबहादुर विक (सुदूरपश्चिम)– केन्द्रीय प्रतिनिधि
रामलाल विक (कर्णाली)

दलित महिला
अनिता परिवार– प्रदेश १

दलित महिला युवा
सपना परियार– प्रदेश १

मुस्लिम पुरुष
अतर हुसेन–(लुम्बिनी)
रजी हैदर– (मधेस)
कोहिद अन्सारी (मधेस)
इसरार खान (सुम्बिनी)

मुस्लिम महिला
शेख चाँद तारा (मधेस)

मधेसी पुरुष
सूर्यनाथ यादव (मधेस)– केन्द्रीय प्रतिनिधि
अशोक जैशवाल (मधेस)
सत्यनारायण भगत (मधेस)
दिलीप साह (मधेस)
उमेशकुमार यादव (मधेस)
रामसिंह यादव (मधेस)
राधेश्याम पासवान (मधेस)
शिवराम यादव (गैर भौगोलिक)

मधेसी महिला
निशा साह (मधेस)
इन्धु शर्मा (मधेस)
तारा महतो (मधेस)
रूवी कर्ण (मधेस)
दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव)
सोनिया यादव

खस–आर्य महिला
भेषकुमारी रावत (प्रदेश १)
भवानी थापा (मधेस)
कञ्चन खनाल (बाग्मती)
गंगा दाहाल (बाग्मती)
कमत नहर्की (गण्डकी)
करुणा बस्नेत (प्रदेश १)
सीता आचार्य (लुम्बिनी)

जनजाति पुरुष
देवेन्द्र श्रेष्ठ (बाग्मती)
क्षेत्रबहादुर श्रेष्ठ (मधेस)
कुशल लिम्बू (प्रदेश १)
दीर्घ श्रेष्ठ (बाग्मती)
धनबहादुर मास्की (लुम्बिनी)
दिनेश महर्जन (बाग्मती)
राजकाजी महर्जन (बाग्मती)
रज्जित तामाङ
सत्यनारायण शेरचन (गण्डकी)
भीमकुमारी बांखा (लुम्बिनी)

जनजाति महिला
पार्वती पुन–धन कुमारी रोका
दिलमाया रोका (गण्डकी)
दुर्गा राई (प्रदेश १)
सिर्जना तरामु (लुम्बिनी)

मधेस थारू पुरुष
विजय महतो (मधेस)
विनिता थारू (सुदूरपश्चिम)

खस–आर्य युवा
जीवन आचार्य (प्रदेश १)
सुमन देवकोटा (गण्डकी)
सुदीप कुँवर (गण्डकी)
रमेश मल्ल
खिलप्रसाद बुढाथोकी (प्रदेश १)

केन्द्रीय प्रतिनिधि
बाबुराम गौतम (प्रदेश १)
जनजाती पुरुष
सूर्यमान दोङ (बाग्मती)

खस आर्य पुरुष
इन्द्र गोतामे (बाग्मती)
पारसमणि–(बाग्मती)
शैलेन्द्र घिमिरे– (बाग्मती)

जनजाति पुरुष
कपिल लामा (गण्डकी)

आर्य पुरुष
गोविन्द पौडेल (गण्डकी)
दीपक कोइराला– (गण्डकी)
कमल चुडाली– (लुम्बिनी)
नारायण अधिकारी–(लुम्बिनी)
गगनबहादुर खड्का (कर्णाली)
मंगलबहादुर शाही (कर्णाली)
कर्णबहादुर बस्नेत (कर्णाली)

खस–आर्य पुरुष युवा
झपट साउद (सुदूरपश्चिम)
सिशसिंह ओली (सुदूरपरिम)
रत्न ढकाल (बाग्मती)
नरेन्द्र न्यौपाने (लुम्बिनी)
सन्तोष विष्ट– (गैरभौगोलिक)
तिकराज भण्डारी (गैरभौगोलिक)
सुरेन्द्र बस्नेत (गैरभौगोलिक)
दीपक देवकोटा (गैरभौगोलिक)
उत्तम अधिकारी (गैरभौगोलिक)
विजय गौतम (गैरभौगोलिक)
प्रकाश विकल्प (गैरभौगोलिक)
विमल अधिकारी (गैरभौगोलिक)
डा. भरत लामिछाने (गैरभौगोलिक)

प्रस्तावित केन्द्रीय प्रतिनिधि
खस–आर्य पुरुष
विष्णु सापकोटा (गैरभौगोलिक)
हरि ज्ञवाली (सुदूरपश्चिम)
टेकेन्द्र भट्ट (सुदूरपश्चिम)
गोपाल शर्मा (कर्णाली)
खोप बहादुर (गण्डकी)
झलकसिंह दर्माली (प्रदेश १)
डीपी ढकाल (बाग्मती)

जनजाति पुरुष
कालीबहादुर मगर

खस–आर्य महिला
सुनिता गौतम (बाग्मती)
सावित्री बुढाथोकी (मधेस)
सरस्वती न्यौपाने (लुम्बिनी)
अमृता नेपाल (बाग्मती)
कृष्णा कैसी (लुम्बिनी)

खस–आर्य पुरुष
रामनारायण विडारी (बाग्मती)
बाबुराम गौतम (प्रदेश १)

जनजाति पुरुष
सूर्यमान दोङ (बाग्मती)

खस–आर्य पुरुष
इन्द्र गोतामे (बाग्मती)
पारसमणि–(बाग्मती)
शैलेन्द्र घिमिरे– (बाग्मती)

जनजाति पुरुष
कपिल लामा (गण्डकी)

खस–आर्य पुरुष
गोविन्द पौडेल (गण्डकी)
दीपक कोइराला– (गण्डकी)
कमल चुडाली– (लुम्बिनी)
नारायण अधिकारी–(लुम्बिनी)
गगनबहादुर खड्का (कर्णाली)
मंगलबहादुर शाही (कर्णाली)
कर्णबहादुर बस्नेत (कर्णाली)

Like