कोरोना संक्रमितमा एकै दिन १५ जनाको मृत्यु

Share to:

रासंसा/काठमाण्डौ, माघ १३,

मुलुकमा पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी सो संख्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। सोही क्रममा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हाल देशभरमा ९० हजार ५७६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। यस्तै, २४ घन्टामा १५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएाके छ।

Like