Saturday, October 17, 2026
Latest:
अन्तर्वार्ताअन्य थपटीभीदेशप्रदेश-३ [बागमती]मुख्य समाचारविज्ञान/प्रविधिशिक्षासमाचारस्वास्थ्यहेडलाइन

श्री सत्य साइ भजन समुह कलंकीद्वारा सञ्चालित रक्तदान कार्यक्रम सम्पन्न

Share to:

पशुपति अन्नपूर्णा अाश्रमका केन्द्रीय अध्यक्ष एवं सञ्चार क्षेत्रबाट विश्वकै बढी पटक रक्तदान गर्ने रक्तदाता स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष के. बि. सम्राटकाे तत्वायाेजनामा श्री साइ भजन समुह कलंकीले अायाेजना गरेकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा समुहका पुर्व अध्यक्ष एवं रिटायर्ड क्लब नेपालका उपाध्यक्ष ठाकुर प्रसाद पाैडेल लगायतका विशिष्ट महानुभावहरूकाे उपस्थिति थियाे । कार्यक्रममा ३८ जना रक्तदाताले रक्तदान गरेका थिए भने १५ जनाले विभिन्न कारणले रक्तदान गर्न निमलेकाे अायाेजक संस्थाका उपाध्यक्ष विकास सुवेदीले जनाउनुभयाे । कार्यक्रममा ५९ साठी वर्षकी महिलाले प्रथम पटक रक्तदान गरेकी िथइन भने महिलाहरूकाे रक्तदान गर्ने संख्या प्रशस्त मात्रामा िथयाे । समुहकि अध्यक्ष अनिता नेपालीले प्रथम पटक रक्तदान गर्नुभएकाे िथयाे । रक्तदाताहरू तथा स्वयंसेवीहरूलाइ पशुपति अन्नपुर्णा अाश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकाली तथा काठमाण्डाै महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष शाेभा सापकाेटाले प्रशंसा पत्र वितरण गरेका थिए ।

Like