Sunday, October 18, 2026
Latest:
मनोरञ्जन

तिम्रो यादमा पिउने बानीले बोलको गीत सार्वजनिक

Share to:
तिम्रो यादमा पिउने बानीले ” बोलको म्युजिक भिडियो आईतवार सार्वजनिक गरिएको छ। रचनाकार मोहन कुमार श्रेष्ठद्धारा रचित उक्त गीतको म्युजिक भिडियो छायांकन जापानको सुन्दर शहर टोकियो स्थित चिवक्यान चौतारी रेष्टुरेन्ट कामतमा गरिएको हो।
सो म्युजिक भिडियोमाकलाकार
अजित जंग क्षेत्री र तेजिन्द्र भण्डारीले छायांकन गरेका छन्। म्युजिक भिडियोमा विजय थापा, सोनाली परियार, बिनोद खत्री , पवन राजा, सपना थापा , मनोज के.सी., विनम जंग खत्री र रिमा खत्रीको अभिनय रहेको छ भने म्युजिक भिडियोको निर्देशन मनराज गुरुङ र विजय काजीको रहेको छ ।
म्युजिक भिडियोको तयारीभन्दा अगाडि नै अडियो सार्वजनिक भएको गीत निकै कर्णप्रिय रहेको छ । पवन राना मगरको स्वरमा रहेको उक्त गीतमा संगीत मनराज गुरुङको रहेको छ । उक्त गीत युवा पिढीहरुमा कुनै पनि विषयमा गहन अध्यान गर्न नचाहाने र गम्भीर भए कुनै पनि विषयमा चासो नदिने र जिन्दगीमा सुख होस या दुखमा होस मादक पदार्थ सेवन गर्दा नै रमाइलो महसुस गर्ने हरुका लागि र विशेषगरी माया पिरतीमा भुलेकाहरुले मिलन विछोड जस्तो सुकै अवस्थामा पनि मादक पदार्थलाई दुख सुखको साथी बनाउने गरेको उक्त गीतमा सन्देश दिन खोजिएको छ। प्रेममा धोका पाएका र सफल भएकाहरु अत्याधिक मदिरा सेवनगरि समय विताएकाहरु प्रति ,उदेश्य प्राप्ति प्रति ख्यालै नगरि दिनरात नसामा जीवन विताउनेहरुकालागि र प्रेममा वियोग सहन नसकि मादक पदार्थ सेवन गर्ने प्रेमी- प्रेमीका लागि मन छुने खालको गीत तयार गरिएको दौतरी बेण्डका चर्चित गायककार एब्म् संगीतकार मनराज गुरुङले बताए ।
Like