सत्यमोहन जोशीको अवस्था सन्तोषजनक
रासंसा/काठमाण्डौ, बैशाख ४,
मुलुकका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको चिकित्सकहरूले बताएका छन् । १०२ वर्षीय जोशीलाई छाती दुख्नुका साथै र पिसाबमा गडबडी भएपछि गत वैशाख १ गते करिब दिउँसो ४ बजे शिक्षण अस्पताल पुगेका थिए । जोशीको उपचारमा प्रा.ड.मिलेशजंग सिजापति तथा प्राडा रामभक्त कोजुको संयुक्त नेतृत्वमा चिकित्सकहरू संलग्न भई उपचार अगाडि बढाइएको छ । हिजो राति साढे ११ बजे देखि मुटुको चालमा अस्थिरता भएको कारण सूक्ष्म निगरानीका लागि उनलाई आईसीयू केयरमा स्थानान्तरण गरी थप उपचार अगाडि बढाइएको अस्पतालको भनाइ छ । हाल उनमा पिसाब सम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चालसम्बन्धी श्वासप्रश्वास नलीको फाइब्रो ब्रोकिएक्टेसिस समस्या देखिएको छ ।
Like