डमरुको टाउकोमा प्लास्टिकको जार अड्कियो

Share to:

एजेन्सी,

विश्भावमा अचम्रमका घटनाहरु घट्ने गर्दछन । भारतमा जनावर उद्दारकर्ताहरुले टाउकोमा प्लास्टिकको जार अड्किएको डमरुको उद्धार गरेका छन् । यो डमरु ४८ घण्टासम्म टाउकोमा प्लास्टिकको जार अड्किएको अवस्थामा यताउती भौंतारिरहेको थियो । यो डमरु गुरगाउमा देखिएको थियो । अथक प्रयासपछि उद्धारकर्ताहरूले टाउकोबाट जार निकाल्न सफल भएका थिए । उद्दार टोलीका सदस्यहरुले बिरालो प्रजातीको यो जनावर २ दिन सम्म पानी पिउन र अन्य खानेकुरा खान असक्षम भएको बताएका छन् । वन अधिकारी तथा जंगली जनावर र सरिशृप उद्दार टोलीेका सदस्यहरुले थाने जिल्लामा डमरुको टाउकोमा जार अड्किएको देखेपछि यसको खोजीका लागि ४८ घण्टा बिताएको बताएका छन् । यो चितुवालाई भेटेनरी डाक्टरले परीक्षणका लागि सञ्जय गान्धी नेशनल पार्कमा ल्याएका छन् । यो चितुवालाई चिकित्सा कर्मचारीहरुले स्वस्थ भएपछि पुनः जंगलमा लगेर छोडिने अधिकारीहरुले बताएका छन् ।

Like