एपीएफको सान्त्वना जित, प्रो–क्लब च्याम्पियनसिप
रासंसा/काठमाण्डौ , चैत्र २९ ,
शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो–क्लब च्याम्पियनसिपमा विभागीय टोली एपीएफले समूह चरणको अन्तिम खेलमा जित हात पारेको छ । मंगलबार भएको खेलमा एपीएफले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ७ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । बलिङतर्फ ट्यालेन्ट हन्टका मोहमद मोशार्रफले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको ट्यालेन्ट हन्टले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो । ट्यालेन्ट हन्टका लागि असदुरजमान बरेनायोले ३० रनको योगदान गरे । त्यस्तै शरिअरे रिमोनले २२ रन बनाउँदा राज बमले २१ रन बनाए ।
सिद्धार्थनगरमा ट्यालेन्ट हन्टले दिएको १२६ रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभारमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफका लागि कप्तान प्रदिप ऐरीले ५४ रनको अविजित पारी खेले । यस्तै ओपनर दिपक बोहराले ४२ रन बनाउँदा योगदान गरे । बलिङतर्फ एपीएफका लागि प्रदिप ऐरी र भुवन कार्कीले दुई–दुई विकेट लिए । प्रतियोगिताबाट बाहिरिएको एपीएफको यो पहिलो जित हो । प्रतियोगितामा ३ खेलमा १ जित निकाल्दै २ अंक बनायो । यता ट्यालेन्ट हन्ट प्रतियोगितामा जित विहिन भयो । आज नै भएको अर्काे खेलमा नेपाल पुलिस क्लब मलेसिया–११ सँग १ विकेटले पराजित भएको छ । योसँगै पुलिस पनि प्रतियोगिताबाट बाहिरिएको छ ।