अन्य थपधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

नेपाल नागरिक अभियानको स्वागत तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

Share to:

रासना/काठमाण्डौ , चैत्र २९ ,

मुलुकमा नेपाल नागरिक अभियानले स्वागत तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । अभियानका राष्ट्रिय अध्यक्ष डा. ठाकुर मोहन श्रेष्ठको सभापतितिवामा भएको कार्यक्रममा अभियानका राष्ट्रिय सल्लाहकार समितिका सदस्य एवं पूर्व प्रथम साधारण सभाका निर्वाचन संयोजक पुनरावेदन अदालतका पुर्व मुख्य न्यायाधिश विश्वनाथ जोशीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा विशेष अतिथिमा पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रिय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीको उपश्थिति थियो । पुर्व एआइजिलगायत पुर्व प्रहरी पदाधिकारीहरुको विशेष उपस्थिति थियो । विभिन्न जिल्ला तथा संघसंस्थाका प्रतिनिधिबीच भएको कार्यक्रममा अभियानका वरिष्ठ उपाध्यक्ष डा. हरिहर प्रदिप घिमिरे उपस्थित सबैमा स्वागत मन्तब्य दिदै सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विभागीय संयोजक तथा अरु अन्य पदाधिकारीहरुलाई जिम्मेवारी बहन पत्र सम्मान स्वरुप वितरण गरिएको थियो । यस्तै केन्द्रिय पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गर्दै प्रमाण पत्र वितरण गरिएको थियो ।

Like