सुरु भयो मतगणना बारको नयाँ नेतृत्वका लागि
रासंसा/काठमाण्डौ , चैत्र २२ ,
मुलुकमा नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । काठमाडौंसहित देशैभरीका ३४ मतदान केन्द्रवाट मतपेटिका राजधानी आएलगत्तै बिहान ९ बजेबाट मतगणना सुरु भएको हो । बारको २६ औँ केन्द्रीय कार्यसमितिका अध्यक्षसहित ११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ताहरु मतदाताले मतदान प्रक्रियामा सहभागी भएका थिए । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच मुख्य प्रतिस्पर्धा छ ।
Like
