नयाँ दिल्लीमा प्रधानमन्त्री देउवाको तारिफ, नेपाली भाषामा स्टाट्स लेख्दै खुसी व्यक्त

Share to:

काठमाण्डौ, चैत्र १९,

नेपालका प्रधानमंत्री शेर बहादुर देउवा यतिखेर छिमेकी रास्ट्र भारतको भ्रमणमा हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति, प्रगति र विकासको यात्रामा एक दृढ साथी भएको बताएका छन्। शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुई देशका प्रधानमन्त्रीको आजको भेटले महत्वाकांक्षी लक्ष्य हासिल गर्न मद्दत मिल्ने दाबी गरे। संयुक्त पत्रकार सम्मेलनपछि उनले सामाजिक सञ्जालमा नेपाली भाषामा स्टाट्स लेखेर नेपाली जनताको मन जित्न चाहे। उनले भारतले रेल सेवा सञ्चालन, रुपे कार्डको उपलब्धता, सोलु करिडोर आयोजना र स्वास्थ्य क्षेत्रमा गरिएको संयुक्त प्रयासबाट आफू प्रभावित भएको उल्लेख गरेका छन्। उनले सोलु करिडोर आयोजनाले नेपालको विकासमा, विशेषगरी ग्रामीण क्षेत्रमा योगदान पुर्‍याउने दाबी गरे। त्यतिमात्र होइन, नेपालमा रुपे कार्डको उपलब्धता वित्तीय जडानतर्फ अर्को ठूलो कदम भएको र यसले डिजिटल भुक्तानीलाई बढावा दिने उनले बताए। ‘जयनगर र कुर्थाबीचको यात्रुबाहक रेल सेवा नेपाल र भारतबीचको पहिलो ब्रोडगेज यात्रु रेल लिंक हुनेछ। यसले हाम्रा जनताहरूलाई अझ नजिक ल्याउन ठूलो भूमिका खेल्ने छ,’ उनले नेपाली भाषामै स्टाट्स लेखेका छन्। जयनगर र कुर्था बीचको यात्रुवाहक रेल सेवा नेपाल र भारत बीचको पहिलो ब्रोडगेज यात्रु रेल लिंक हुनेछ। यसले हाम्रा जनताहरूलाई अझ नजिक ल्याउन ठूलो भूमिका खेल्नेछ। ‘म खुसी छु कि भारत र नेपालले स्वास्थ्य क्षेत्रमा मिलेर काम गरिरहेका छन् र नेपालमा स्वास्थ्य पूर्वाधार विस्तार गरिरहेका छन्,’ उनले ट्वीटरमा लेखेका छन्। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासँग आपसी सहयोग, विकास परियोजनाबारे छलफल भएको बताए। उनले देउवाजी भारतको पुरानो मित्र रहेको दाबी गरे। उनले नेपाल-भारतको राजनीतिक विकासमा देउवाको योगदान रहेको टिप्पणी गरे। ‘हाम्रो संस्कृति अनादीकालदेखि सुख दुखको साथी रहेका छौं। देउवाजीको भ्रमणले बहुत प्रसन्न छौं। हामी नेपालको शान्ति प्रगति र विकासको यात्रामा एक दृढ साथी हौं,’ उनले भने। उनले देउवा आइतबार बनारस जाने र काशीको नयाँ स्वरूप देखेर प्रभावित हुने बताए। प्रधानमन्त्री मोदीले नेपालले पावर सेक्टरमा सहयोगका अवसरमा भारतको सहयोग लिनुपर्ने बताए। ‘नेपालले पावर सेक्टरमा सहयोगका अवसरमा भारतको सहयोग लिनुपर्छ,’ मोदीले भने, ‘यो ऊर्जा सहयोगमा ब्लु प्रिन्ट सावित हुने छ। यस क्षेत्रको विकासमा पञ्च्श्वर गेमचेञ्चर हुने छ। छिटो अगाडि बढाउन सहमत छौं। भारतीय कम्पनीलाई लगानी गर्न प्रेरित गर्नेछौं।’

Like