निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित

Share to:

रासंसा/काठमान्डौ, चैत्र ३,

मुलुकमा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो । आयोगले २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता २०७८ आज मिति २०७८ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । आगामी स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ ।’

Like