निर्वाचन सार्न जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको ओली भनाइ

Share to:

रासंसा/काठमाण्डौ, फाल्ग्न २,

मुलुकका गठबन्धन सरकारका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताउनुभएको छ। त्यस्तै एमसीसीसहितको विषयमा एमालेलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गर्न गठबन्धनले काम गरिहेको पनि अध्यक्ष ओलीको आरोप छ । सरकारको गतिविधि विरुद्ध जनसंघर्ष गर्ने उहाँले बताउनुभयाे। नेकपाको बैठक अहिले पनि जारी रहेको छ। संसद भवन नयाँ बानेश्वरमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले महाअभियोग प्रस्ताव गलत भएको बताउनुभएको हाे। उहाँले सत्तारुढ गठबन्धन ५ दलविरुद्ध एमाले एक हुन सांसदहरुलाई निर्देशन समेत दिनुभएको बैठकमा सहभागी सांसदहरुले बताएका छन् ।

Like