कमल र राजेन्द्रको विवादमा आइसब्रेक राप्रपा विवाद
रासंसा/काठमाण्डौ, माघ २३,
मुलुकमा राप्रपाभित्र बढ्दो असन्तुष्टिका बीच अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । पार्टी महाधिवेशनबाट लिङ्देन अध्यक्षमा निर्वाचित भएको ६२ दिनपछि दुई नेताबीच भेटवार्ता भएको हो । राप्रपामा कमल थापाले महाधिवेशनमा निर्मल निवासबाट भएको भनिएको हस्तक्षेपबारे छानबिन गर्न माग गर्दै आएको थिए भने लिङ्देनले सो मागको सम्बोधन नै गर्न नचाहेको सन्दर्भमा भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दुई नेताबीच शनिबार बूढानीलकण्ठमा करिब साढे घण्टा लामो भेटवार्ता भएको पुष्टि गरे । भेटमा थापाले उठाएको मागका सन्दर्भमा विषय प्रवेश भएको उनको भनाइ छ । ‘विषय प्रवेश भएको छ । सबै विषयमा कुराकानी एकै दिनमा हुने कुरा भएन’ उनले भने ।
Like