सहायकसहित ७ जना प्रवक्ता , राप्रपा पार्टीमा प्रवक्ताको ताँती

Share to:

रासंसा/काठमाण्डौ, माघ १५,

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले विधानअनुसार नै प्रवक्ता र सहायक प्रवक्ता मनोनयन गरेका हुन् । जसअनुसार झापाका भक्ति प्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाल प्रवक्ता बनेका छन् । प्रतिनिधिसभा एक सिट रहेको राजावादी पार्टी पार्टी राप्रपाले प्रवक्ता मात्र ७ जनालाई बनाएको छ । प्रवक्ता र सहायक प्रवक्ता गरी ७ जनालाई मनोनयन गरिएको हो । यस्तै सहायक प्रवक्तामा दोलखाका प्रवीनकुमार थोकर तामाङ, मोरङका दिनेशकुमार साह र कञ्चनपुरका पूर्ण बहादुर चन्द रहेका छन् । अन्य पार्टीमा प्रवक्तामात्रै हुने भएपनि राप्रपाले भने ४ जनालाई प्रवक्ता र ३ जनालाई सहायक प्रवक्ता बनाएका हो । गत मंसिरमा राप्रपाको महाधिवेशनबाट लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए । उनले केन्द्रीय सदस्य र अन्य पदाधिकारी मनोनयन गरिसकेका छन् ।

Like