राष्ट्रिय योग दिवस २०७८ सप्ताहव्यापी कार्यक्रम समापन

Share to:

रासंसा/काठमाण्डौ, माघ ७,

मुलुकमा विभिन्न कार्यक्रमका साथ सप्ताहरुपी राष्ट्रिय योग दिवस २०७८ चैत्र निर्माण संघले सम्पन्न गरेको छ . चरित्र निर्माण संघका नवनिर्वाचित अध्यक्ष स्वामी कल्याणीमित्रको सभापतित्वमा भएको कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीको प्रमुख आतिथ्यता थियो . कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अधक्ष के. बि. सम्राटलाई विशेष अतिथिको आतिथ्य ग्रहण गराइएको थियो भने प्रशिक्षार्थीहरुका तर्फबाट विष्णु गोपाल घिमिरे तथा पत्लारकार अर्ईजुन भुषाललाई अतिथिको आशन ग्रहण गराइएको थियो . कार्यक्रममा कार्यक्रमका सभापति स्वामी कल्यानिमित्रली मानिसहरुमा द्रस्ता, दृश्य र दर्शनको बारेमा चर्चा गर्दै योग ध्यान अनुष्ठानले हामीलाई ज्ञानी र स्वस्थ बनाउनेमा दुइ मती नरहेको बताउनुभयो . स्वामी सच्चिदानन्द विशुद्द्देवालाई स्मरण गर्दै अध्यशिल्तालाई छोडी गुरुको मार्गमा लाग्नुको प्रेरणा पिताबाट भएको बताउनुभयो . कार्यक्रमको अन्त्यमा सेभ द नेशन अनलाइन तिविले लिएको अंतरसम्बादमा स्वामी कल्याणमित्रले चरित्र निर्माण संघ त्यासै स्थापना भएको होइन अब यो सबै मानव जातिमा चरित्रको मुख्य भमिका रहन योग, ध्यान, न्यास, तप हुन जरुरि छ . यसका लागि आहार शुद्दिकरण अति आवश्यक छ भन्दै आहार शुद्दिकरण भए बिहार शुद्दिकरण हुन्छ, आहार बिहार दुवै शुद्दिकरण भए प्रत्याहरमा पुग्न सकिन्छ, त्यहि प्रत्याहार नै दर्शन हो भन्नुभयो .

कार्यक्रमका विशेष अतिथि के. बि. सम्राटले राष्ट्रिय योग दिवस २०७८ को पावन अवसरमा यागको कार्यक्रम सप्ताहव्यापी रुपमा सम्पन्न गरि समापन गर्दाको यो घडीमा चरित्र निर्माण संघलाई धन्यवाद दिदै अबका दिनहरुमा यस्ता कार्यहरु सफलता पाउदै जाने छ भनि शुभकामना दिनुभयो भने आयोजक संस्थाका महासचिव रमेश नकर्मीले चरित्र निरमान संघ अब मानिसको चरित्र निर्माण गराउन विश्वव्यापी रुपमा लाग्ने छ भन्दै विश्वोब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस हामि सचेत भइ सचेतना बाड्न आह्वान गर्नुभयो . अतिथि प्रशिक्षार्थी विष्णु गोपाल घिमिरेले राष्ट्रिय योग दिवसको अवसरमा स्वामी कल्यानिमित्रबाट योग सिकेर सन्तोषजनक भएको खुशी ब्यक्त गर्दै योगसंग मिलेपछि कहिल्यै वियोग नहुने बताउनुभयो . प्रमुख अतिथिको आसनबाट माता भद्रकालीले चरित्र निर्माण संघले गरेको पुण्य कामलाई कदर गर्दै भविष्यका दिनहरुमा यस्तै चरित्र निर्माणमा लागि सबैलाई चरित्रमय बनाउनु हुनेछ भनि शुभकामना आशिष दिनुहुँदै कार्यक्रम समापन भएको थियो .

Like