जिल्ला प्रहरी कार्यालय तनहुँको नागरिक सुनुवाइ कार्यक्रम

Share to:

*************************************** अन्जनराज न्यौपाने / तनहुँ नेपाल / गण्डकी प्रदेश सुरक्षा निकाय समाचार ****************************************
सत्य सेवा सुरक्षणम् भन्ने मुल नारा बोकेको जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ।
जिल्लाको तनहुँ उधोग बाणिज्य सघको सभाकक्षमा उक्त कार्यक्रम आयोजना गरिएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबू रेग्मीसग विभिन्न राजनैतिक दलका प्रमुख एब्म् प्रतिनिधि ,विभिन्न उधोगी ब्यवसायी,ब्यापारी ,विभिन्न संचारमाध्यामका प्रतिनिधि र आम सर्वसाधारण सग प्रतिक्रिया दिदै प्रहरी प्रमुख रेग्मीले जिल्ला प्रहरी कार्यालय तनहुँले अहो रात्र जिल्लावासीहरुको शान्ति सुरक्षा र जिउधनको सुरक्षाको लागि सदैव प्रहरी खटिरहेको बताए।
संविधान र कानून भन्दा माथि कोही छैन सबैले नियमको पालना गर्नुपर्छ प्रहरी प्रहरी प्रमुख रेग्मीले भने। बजारक्षेत्रमा सिसिक्यामारा लाई थप व्यवस्थित र प्रभावकारी बनाउन पहल गरेको बताउदै सवारी दुर्घटना न्यूनीकरणका लागि आफूले ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरेको र सवारी साधन माथि यात्रु चढाउने सवारी साधन चालकहरु लाई कारबाही प्रक्रिया अगाडि बढाएको बताए। प्रहरी जनताको सेवक भएका कारण कुनै पनि नेता मुखी हुन नहुने उनले जानकारी दिए। जनताबाटै चुनिएका नेताहरु जनताको कामका लागि खटिएका हुन् उनीहरूको निर्देशन भन्दा हामी जनताको निर्देशन मान्दछौं प्रमुख रेग्मीले बताए।
ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्दा यात्रुहरूको व्यवहारिक पाटोलाई पनि हेरिदिन निर्देशन दिए ।

व्यास स्थित उत्तरशिला टोल आसपासका होटलहरुमा दिन्नौ मादकपदार्थ सेवन गरी झै झगडा गर्ने र लागू औषध ओसारपसार गर्ने गराउने र लंगुरबुर्जा खेल्ने खेलाउने गरेकाहरुको खोजतलासगरि आवश्यक कार्वाही गरिने प्रजिअ अर्यालले बताए ।
जिल्लाको प्रवेशद्वारा आँबुखैरेनी ,डुम्रे ,बन्दिपुर ,दमौली भन्सार , बेलचौतारा भिमाद लगायतका व्यस्त बजारहरुमा कुनैपनि किसिमको घटना घटेमा तत्कालै पुगेको प्रहरी प्रमुख राजेन्द्रबाबू रेग्मीले बताए ।
ब्यास-१ स्थित करंङकाठमा निर्माण गरिएको बसपार्क र सवारीसाधन पार्किङकालागि थप ब्यबस्थापन गराउन पहल कदमी गरिने उनले बताए।

जिल्ला प्रहरी कार्यालयमा निर्माणाधीन अवस्थामा रहेको नयाँ भवनमा सवारी साधन चालकहरूलाई थप व्यवस्थित तरिकाले छुट्टै बन्दी गृहमा सारिने प्रहरी प्रमुख रेग्मीले बताए ।जनताले प्रहरीे आफ्नो साथी हो भन्ने अनुभुती दिलाउन समय समयमा जनचेतनामूलक सामुदायिक साँझेदारी कार्यक्रम गरि विधार्थी र आम सर्वसाधारणलाई ट्राफिक सचेतना सम्वन्धी कार्यक्रम,सवारी चालक सग १ मिनेट कार्यक्रम ,सवारी चालकहरुको निशुल्क स्वास्थ्य तथा आँखा परीक्षण गरिदै आएको बताए ।
प्रहरी प्रमुख रेग्मीले पृथ्वी राजमार्ग अन्तरगत तनहूँ जिल्लाको दमौली स्थित मादी नदी पुलमा अत्याधिक सवारी साधनहरुको चाप बडेको र एक पटकमा २० देखि ३० भन्दा बडी सवारीसाधन चल्दा दिनप्रतिदिन जिर्ण बन्दै गरेको पुल धरापमा रहेको प्रति ध्यानाकर्षण भएको र सरोकारवाला निकाय सडक विभागसग छिटै समन्वय गरिने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रसाद अर्यालले जिल्लाको शान्ति सुरक्षा जनधनको रक्षा र जिल्लामा अमनचयन कायम गराउन हरदम लागि परेको बताए ।

Like