म्याग्दे दमौली समाजद्वारा बडादसैँको शुभकामना आदानप्रदान तथा भेला सम्पन्न

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ ।
म्याग्दे दमौली समाजको भेला तथा विजयादशमी २०८३ को अवसरमा शुभकामन आदानप्रदान एवं जलपान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
बिहीबार दमौलीमा आयोजित उक्त कार्यक्रम समाजका अध्यक्ष भाग्यशाली ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष एवं म्याग्दे दमौली समाजका सल्लाहकार इमकुमार मल्ल , संस्थाका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
सो अवसरमा सहभागीहरूले एकआपसमा विजयादशमीको शुभकामना साटासाट गर्दै समाजमा आपसी सद्भाव, भाइचारा र एकतालाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।
Like
