देशधर्म–संस्कृति/रीतिथितिप्रदेशसमाचार

म्याग्दे दमौली समाजद्वारा बडादसैँको शुभकामना आदानप्रदान तथा भेला सम्पन्न

Share to:

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ ।

म्याग्दे दमौली समाजको भेला तथा विजयादशमी २०८३ को अवसरमा शुभकामन आदानप्रदान एवं जलपान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
​बिहीबार दमौलीमा आयोजित उक्त कार्यक्रम समाजका अध्यक्ष भाग्यशाली ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष एवं म्याग्दे दमौली समाजका सल्लाहकार इमकुमार मल्ल , संस्थाका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
​सो अवसरमा सहभागीहरूले एकआपसमा विजयादशमीको शुभकामना साटासाट गर्दै समाजमा आपसी सद्भाव, भाइचारा र एकतालाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

Like