जीवनशैलीलेख/रचना

नेपालको सुन्दरता: आफ्नै आँगनको हीरा, वा पराइको नजरमा मात्रै चम्किने मोती?

Share to:

​हामी नेपालीहरू प्रायः आफ्नो देशको माटो, संस्कृति र प्राकृतिक सौन्दर्यलाई सहजै लिन्छौं। तर विडम्बना, जुन महत्त्व हामीले बुझ्न सकिरहेका छैनौँ, त्यसलाई सात समुद्र पारबाट आउने विदेशी पर्यटकहरूले गहिरो रूपमा महसुस गरिरहेका छन्।
​आजको यथार्थ के हो भने— स्वदेशी पर्यटकभन्दा विदेशी पर्यटकहरूले नेपालको पर्यटनको वास्तविक महत्त्व बुझेका छन्।
​ हामीले के बिर्सिरहेका छौं?
​शान्तिको खोजी: हङ्गामा र भीडभाडयुक्त आधुनिक जीवनबाट थकित विदेशीहरू नेपालका गाउँवस्ती, हिमालको काख र शान्त वातावरणमा आत्मिक शान्ति भेट्टਾउँछन्।
​मौलिक संस्कृति: हाम्रो परम्परागत खानपान, अतिथि सत्कार (अतिथि देवो भवः) र चाडपर्व उनीहरूका लागि अमूल्य सम्पदा हुन्, तर हामी भने यसैलाई पछाडि फर्केको सङ्केत ठान्छौं।
​प्रकृतिप्रदत्त माया: नेपालको ट्रेकिङ रुट, जैविक विविधता र हिमालका दृश्यहरू हेर्न उनीहरू वर्षौंसम्म बचत गरेर आउँछन्, तर हामी भने सप्ताहांतमा रमाइलो गर्न विदेश ताक्छौं।
​ अब सोचौं र बदलौं:
पर्यटन भनेको केवल विदेशी डलर कमाउने माध्यम मात्र होइन, यो त हाम्रो पहिचान, संस्कृति र स्वाभिमानको जगेर्ना गर्ने बलियो आधार हो। जबसम्म हामी आफ्नै देशको माटोको सुगन्ध र यहाँका हिमाल-पहाडको महत्त्व बुझ्दैनौँ, तबसम्म पर्यटन क्षेत्रको दिगो विकास सम्भव छैन।
​आउनुहोस्, विदेशीहरूले देखाएको यो ऐनामा नेपाललाई हेरौं। घुमौँ नेपाल, चिनौं आफ्नै देश, र यसको संरक्षणमा हातेमालो गरौं!
लेखक अन्जनराज न्यौपाने

Like