पांच दिने योग, ध्यान, मौन साधना समापन
रासंसा/काठमाण्डौं, भाद्र ९,
विश्व शान्ति ध्यान केन्द्र काठमाण्डौं शाखा मातहत स्वर्गपुरि योग साधना केन्द्रको आयोजनामा भएको पांच दिने योग, ध्यान, मौन साधना सप्पन्न भएको छ । काठमाण्डौं जिल्ला गोकर्णेश्वोर नगरपालिका स्थित स्वर्गपुरिमा स्थापना भएको सधना केन्द्रको हलमा भएको समापन कार्यक्रमको सभाध्यक्ष कार्यक्रमका संयोजक आध्यात्मिक तथा धार्मिक ब्यक्तित्व पुर्व सुरक्षा प्रशासक सुमन भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथि स्वामि सच्चिदानन्द विशुद्धदेवका शिष्य ऋषिकुमार स्वामी प्राणमुर्ति महाराजले गर्नुभएको थियो । विशेष अतिथिहरुमा पशुपति अन्नपुर्णा आश्रमक संरक्षक माता भद्रकाली, चरित्र निर्माण संघका अध्यक्ष योग, ध्यान तथा मौन साधना प्रशिक्षक ऋषिकुमार स्वामि कल्याणमित्र, विश्व शान्ति ध्यान केन्द्रका पुर्व अध्यक्ष हाल सल्लाहकार राम प्रसाद शर्मा हुनुहुन्थ्यो । यस्तै अतिथिहरुमा प्राध्यापक प्रभा शर्मा, योगाचार्य विनोद पोखरेल, योगि रितेश राजबंशी हुनुहुन्थ्यो । कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिका आग्याले सभाध्यक्ष सुमन भण्डारीले दीप प्रज्वलन गरेर भएको थियो । कार्यक्रममाथि प्रकाश पार्दै सभाध्यक्ष सुमन भण्डारीले स्वर्ग जस्तै रहेको मेरा पिताले राखेको स्वर्गपुरी स्थान साच्चिकै योगि, ध्यानि र ज्ञानीहरुले तपस्या गरि सो तपस्याको प्रभावले सबैमा सकारात्मक सोच, भाव र कर्मप्रति मन लाग्ने छ भन्न्व उद्देश्यले यो साधना केन्द्रको स्थापना गरि यो समेत तेस्रो पटक योग, ध्यान रमौन साधनाको आयोजना गरेको बताउनु भयो । प्रमुख अतिथि ऋषिकुमार प्राणमुर्ति महाराजले स्वर्गपुरीमा आएर योग, ध्यानसहित मौन साधना गर्न पाउनु गौरबको कुरा हो जहाँ हामि सबैले सबैको लागि शान्तिको बाटो देखाउने पथ रोज्ने वातावरण सृजना हुने बताउनु भयो । विशेष अतिथि एव प्रशिक्षक ऋषिकुमार स्वामि कल्याणमित्र महाराजले योग बिना ध्तान, ध्यान बिना ज्ञान र ज्ञान बिना साधना हुन सक्दैन भन्दै स्वर्गपुरी सम्बद्ध रहेको सम्वन्ध गाढा भएको बताउनुभयो । विशेष अतिथि विश्व शान्ति ध्यान केन्द्रका पुर्व अध्यक्ष एवं हाल सल्लाहकार राम प्रसाद शर्माले आजको समापन कार्यक्रममा सहभागी भएर यहाँको वस्तुस्थिति बुझ्न पाउंदा अति खुशि भएको व्यक्त गर्नुभयो । अतिथिहरुले अति सुन्दर स्थानमा साधना भएर हामि पनि एक दिन भएपनि सहभागी हुन पाउंदा एकै छिन भएपनि जिवन योग सधनामा रहेको महसुस भएको बताउनु भयो । कार्यक्रम सन्चस्लन सेभ द नेशन मिडियाका अध्यक्ष सहप्राध्यापक डा. के. बि. सम्राटले गर्नुभएको थियो भने कार्यक्रम सेभ द नेशन टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।
