अन्य थप

तनहुँको सेराटारमा सुख्खा पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध, जेसीबी र प्रहरी परिचालन गरी दुईतर्फी सडक खुलाइयो

Share to:

_राष्ट्र संरक्षण

दमौली, ६ भदौ : जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-७ सेराटार स्थित पृथ्वीराजमार्गमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिति २०८३।०५।०६ गते अन्दाजी १६:५५ बजे सडकबाट अन्दाजी ३० मिटर माथिबाट सुख्खा पहिरो खस्न गई पृथ्वीराजमार्ग दुवैतर्फ अवरुद्ध भएको थियो।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक धन नारायण श्रेष्ठको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी र २ वटा जे.सी.बी को सहयोगमा पहिरो पन्छाउने कार्य सम्पन्न गरी सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी टेकबहादुर कार्कीले जानकारी दिए।

पहिरोका कारण केही समयसम्म यातायात अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोगेका थिए। प्रहरीले वर्षातको समयमा पहिरोको जोखिम रहेकाले सडक प्रयोग गर्दा सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

Like