अन्य थपअपराधदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

धार्मिक अनुष्ठान ब्यापारिकरण, धार्मिक ग्रन्थहरु ठेक्कामा प्रवचन

Share to:

रासंसा/काठमाण्डौं, श्रावण २४,

मुलुकमा धार्मिक अनुष्ठान ब्यापारिकरण भएको छ । जबर्जस्ति मठमन्दिर,पाटीपौवा,चौतारा,विद्यालय निमार्णको लोभ-लालसा देखाउॅंदै श्रीमद्भागवत लगाएत अनुष्ठानका नाममा सनातन हिन्दुधर्मलाई व्यापारिक ढंगको उद्देश्य राखेर आफुलाई १००८ भागवत कथा संकल्पकर्ता बताउने श्याम सुन्दर आचर्य र केहि व्यक्तिहरुले चितवन लगाएतका स्थानहरुमा रू:१००००००/-दशलाख रूपैयांमा ठेक्का सहितको अनुष्ठान गछौं भन्दै हिडेका छन् सुत्रका अनुसार उक्त समुहले वाचक,उपवाचक, पण्डित सहित कलाकार,भजन समुह,पण्डाल लगाएतका सवै काम आफुहरुवाटै हुने दावी गर्ने गरेका छन् गाउंघरमा उनिहरुले भनेको ठेक्का रकम नगदमा बोकेर हिड्ने गर्छन् उनीहरुवाट धेरै जना पिडित रहेको सुत्रले जनाएको छ। भागवत जस्तो धार्मिक ग्रन्थलाई व्यापारिक उद्देश्य बोकेर हिड्नु सहि नभएको कथावाचकहरुको भनाई छ तर, राष्ट्रिय कथाव्यास समाज नेपाल भने मूकदर्शक बनिरहेको देखिन्छ कुनैपनि भजन गायकको बारेमा कथा व्यासमा बस्ने व्यक्तिवाट रकम तोक्ने वा लिन नहुने,कथा लगाउंदा रकम तोक्न नहुने,दक्षिणाको रकम तोक्न नहुने जस्ता आचार-संहिता भएपनि कार्यान्वयन हुन सकेको छैन सनातन हिन्दुधर्म लाई व्यापारिक ढंगवाट रकम तोकेर कथा पुराण लगाईनु किमार्थ सहि मान्न सकिदैन यस्ता अधार्मिक कृयाकलापमा संलग्नलाई तत्काल कारवाही हुनुपर्ने सवै क्षेत्रको माग रहेको छ । धर्मको नस्ट पनि यस्तै ठेक्केदारहरुले बेचेर सकेको स्पष्ट भएको तथ्य सत्य भएको छ ।

Like