तनहु ट्राफिकको सवारी साधन चालकलाई सचेतना सम्बन्धी कार्यक्रम

अन्जनराज न्यौपाने गण्डकी प्रदेश
तनहुँ
मुग्लिङ-पोखरा सडक खण्डमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा सोमबार बिहान ४:० बजेदेखि चालक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।
सचेतनाको मुख्य विषय:
सडकको अवस्था, मौसमको अवस्था, लेन अनुशासन र ट्राफिक नियमको पालना सम्बन्धमा चालकहरुलाई सम्झाई-बुझाई गरिएको थियो।
सचेतना दिइएको सवारी साधनको संख्या:
1. दुई पाङ्ग्रे सवारी साधन: ३७ वटा
2. ४ पाङ्ग्रे साना सवारी साधन ३५ वटा
3. ठूला सवारी साधन १३ वटा

मनसुन र खराब सडकका कारण यो सडक खण्ड जोखिमपूर्ण मानिने भएकाले प्रहरीले यस्तो सचेतना कार्यक्रमलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख टेकबहादुर कार्कीले जानकारी दिए।
Like
