दमौली स्थित पृथ्वी राजमार्ग सडकखण्डको नाली सरसफाई कार्यक्रम

Share to:



अन्जनराज न्यौपाने
तनहुँ ।

*दमौली* – दमौली बजार क्षेत्रमा पर्ने पृथ्वीराज मार्गमा नालीको पानी सहज रूपमा नबगेपछि स्थानीय र सरोकारवाला निकायले सरसफाइ सुरु गरेका छन्।

नालीभित्र जम्मा भएको फोहोर र प्लास्टिकजन्य सामग्रीका कारण पानीको बहाव अवरुद्ध हुँदा सडक किनारमा पानी जम्ने र दुर्गन्ध फैलिने समस्या देखिएको थियो। सोही समस्या समाधानका लागि नालीबाट फोहोर निकाल्ने काम भइरहेको छ।

स्थानीयले बेलाबेलामा सरसफाइ नहुँदा यस्तो समस्या दोहोरिने गरेको गुनासो गरेका छन्। उनीहरूले नियमित सरसफाइ र जनचेतनामा जोड दिनुपर्ने बताएका छन्।

नाली सफा भएपछि पानीको बहाव सहज हुने र बजार क्षेत्रको वातावरण स्वच्छ बन्ने अपेक्षा गरिएको छ।

Like