ब्लड डाेनर साेसाइटी नेपालकाे पाँचाै साधारणसभा एवं दाेश्राे अधिबेशन सम्पन्न

Share to:

रासंसा/नवलपुर, बैशाख ८,

मुलुकमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा ब्लड डाेनर साेसाइटी नेपालकाे पाँचाै साधारणसभा एवं दाेश्राे अधिबेशन गैंडाकोटमा सम्पन्न भएको छ । ब्लड डाेनर साेसाइटी नेपालकाे अध्यक्ष अर्जुन अधिकारीकाे सभाध्यक्ष रहेकाे उक्त कार्यक्रममा बालानन्द भण्डारी,भागिरथ बस्याल लगायत अतिथिहरू रहनु भएको थियो ।
साेही कार्यक्रममा विभिन्न क्षेत्रमा याेगदान पुय्राउनु हुने महानुभावहरूलाई प्रमुख अतिथिद्वारा सम्मानपत्र तथा कदरपत्र प्रदान गर्नुभएको थियोे । ।
साथै उक्त दाेश्राे अधिबेशनबाट अञ्जन डवाडीकाे अध्यक्ष्यतामा नयाँ कार्यसमिति चयन भएको छ । जसमा उपाध्यक्ष रमेश नेपाल,सुरेन्द्र धिताल,मनरूपा पाैडेल,महासचिव अञ्जन तिवारी र सदस्यहरू क्रमशः पवन भुर्तेल,नारायण शर्मा, रामचन्द्र लम्साल,प्रवल के.सी.,सुभाषचन्द्र अर्याल,माया भण्डारी र कुमार लामिछाने रहनुभएकाे कार्यक्रमकाे सहजिकरण रमेश नेपालले गर्नुभएको थियोे ।
कार्यक्रमका सभाध्यक्ष ब्लड डाेनर साेसाइटीका अध्य्यक्ष अर्जुन अधिकारीले कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई दाेसल्ला ओढाई सम्मान-पत्र प्रदान गरि सार्वजनिक अभिनन्दन गर्नुभएको थियोे ।

Like