स्वतन्त्र पत्रकार संघको चौधौं साधारणसभा एवं पाँचौं अधिवेशन सम्पन्न

Share to:

मिनबहादुर कुँवर/नवलपुर, चैत्र २०,

मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपालको चौधौं वार्षिक साधारणसभा तथा पाँर्चौ अधिवेशन नवलपुर जिल्लाको गैँडाकोटस्थित भण्डारी सेवा सदनमा संघका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको सभापतित्व र अग्रज पत्रकार उदय बहादुर अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । अधिवेशनले स्वतन्त्र पत्रकार संघ नेपालको नेतृत्व चयन गरेको छ । संस्थापक अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको नेतृत्वमा विधान बमोजिम १५ सदस्यीय समिति निर्वाचित भए पनि जनजाति, दलित, महिला बाहेक निर्वाचित भएको समाचार प्राप्त भएको छ । जानकारी अनुसार उपाध्यक्षमा लक्ष्मी गुरुङ कास्की, महासचिवमा सुरेश श्रेष्ठ मकवानपुर, कोषाध्यक्षमा नमस्कार शाह बाँके, सचिवमा कल्याण पन्तलगायत १५ सदस्यीय समिति निर्वाचित भएका हुन् । नेपाल पत्रकार महासंघमा राजनीतिक दलसम्वद्ध पत्रकार संगठनको सिन्डिकेटको विरोध गर्दै २०६८ सालमा स्थापना भएको स्वतन्त्र पत्रकार संघ नेपालको ३८ जिल्लामा विस्तार भए पनि १० जिल्ला सक्रिय रहेको जानकारी प्राप्त भएको छ । गैँडाकोटस्थित मौलाकालिका मन्दिर नजिकै भण्डारी समाजको सभाहलमा हुने अधिवेशनका क्रममा जिल्ला अध्यक्षहरुलाई सम्मान गर्नुका साथै २५ हजार राशीको सामाजिक पत्रकारिता पुरस्कार पोखराका अग्रज पत्रकार उदयबहादुर अमात्यलाई प्रदान गरियो । अधिवेशनको पूर्वसन्ध्यामा स्वतन्त्र पत्रकार संघ नेपालले जिल्ला अध्यक्षहरुबीच अन्तरक्रिया समेत आयोजना गरेको छ । अन्तरक्रियामा सहभागी जिल्ला अध्यक्षहरुले केन्द्रीय समितिलाई सशक्त बनाउन र जिल्लालाई पर्याप्त साथ, सहयोग गर्न आग्रह गरेका थिए । जिल्ला अध्यक्षहरुले अधिवेशनबाट नयाँ नेतृत्व चयनमा ध्यान दिँदै आगामी केन्द्रीय समितिले जिल्ला समितिहरुलाई सशक्त बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका थिए । अमारोहमा आतित्य अत्थिहरुले आ-आफ्नो विचारहरु ब्यक्त गरेका थिए ।

Like