गुरु परम्परा अन्तर्गत सन्यास दीक्षा पश्चात भण्डारा कार्यक्रम सम्पन्न

Share to:

रसंसा/काभ्रेपलान्चोक, फाल्गुण २८,

मुलुकमा यस कली युगका युग पुरुष परमहंस १००८ स्वामी सच्चिदानन्द विशुद्ददेवज्युका शिष्य अनन्त श्री स्वामी कल्याण मित्र महाराजबाट शिक्षामा समर्पित भइ दीक्षा लिनु भएका पेमा झांगज्यु एक आध्यात्मिक तथा धार्मिक व्यक्तित्व लेखक हुनुहुम्छ । युग पुरुष परमहंस १००८ स्वामी सच्चिदानन्द विशुद्ददेवज्युलाई गुरुधारण गरेर गत फाल्गुण ३ गते कुशेश्वोर महादेव मन्दिर सिन्धुलीमा स्वामी कल्याण मित्र महाराजबाट प्रेमानन्द नामाकरण गरि सन्यास ग्रहण गर्नुभएको पावन अवसरमा आज काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर १२ स्थित विश्व शान्ति ध्यान केन्द्र संखु नयापाटिमा भोजन प्रसाद भण्डारा कार्यक्रम सम्पन्न भएको छ । चरित्र निर्माण संघ एवं विश्व शान्ति ध्यान केन्द्रका अध्यक्ष स्वामी कल्याण मित्रको अध्यक्षतामा भएको सो भण्डारा कार्यक्रममा संस्कृतविद एवं पशुपति क्षेत्र विकास कोषका पुर्व सदस्य सचिव डा. गोविन्द टन्डनको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा सन्यासी प्रेमानन्द जी माहाराजलाई आशिर्वाद दिनका लागि युग पुरुष परमहंस १००८ स्वामी सच्चिदानन्द विशुद्ददेवज्युका शिष्य एवं हंसदा योग आश्रमका अध्यक्ष स्वामी पंचशील, उपाध्यक्ष स्वामी प्राणमुर्ति, प्रमुख संरक्षक स्वामी निलकण्ठ बाबा (हंसदा योग आश्रमबाट), चरित्र निर्माण संघका उपाध्यक्ष हिक्मत सिंह, महासचिव रमेश नकर्मी, कोषाध्यक्ष उमा हमाल, सचिव रमा हमाल, सल्लाहकार उद्दव प्रसाद भट्टराई, पुर्व प्रशासक एवं योगाचार्य शंकर मानन्धर, योगाचार्य एवं योग प्रशिक्षक ऋषि लोहनी, स्वामी बिष्णु चैतन्य, कृष्ण शरण, धुलिखेल नगरपालिका वडा १२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेलगायत स्थानीय भद्रभलाद्मीहरुको बाक्लो उपस्थिति थियो । प्रमुख अतिथिको आसनबाट संस्कृतविद एवं पशुपति क्षेत्र विकास कोषका पुर्व सदस्य सचिव डा. गोविन्द टन्डनले गुरु शिक्षा दीक्षा पद्दति लोप हुन नदिन यस्ता कार्यले गुरुकुलमा प्रोत्सहिल हुने कुरामा दुइमत नहुने बताउदै सन्यासी प्रेमानन्द महाराजलाई आशिर्वाद दिनुभएको थियो । कार्यक्रममा सबैले आआफ्ना महत्वपुर्ण विचारहरु मन्तव्यमा राख्नुभएको थियो भने कार्यक्रम चरित्र निर्माण संघका महासचिव रमेश नकर्मीले अति नै सौहार्द वातावरणमा सभ्य र भव्यसाथ संचालन गर्नुभएको थियो । भोजन प्रसाद भण्डारा कार्यक्रम आयोजक विश्व शान्ति ध्यान केन्द्रका पदाधिकारीहरुले उपस्थित सबै अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।

Like