राजनीतिमा पनि परनिर्भर : चुनाव नजिकिएसंगै ‘दिल्ली दौड’मा नेताहरु, को किन गए ?
रासंसा/काठमाण्डौ, पौष २१,
मुलुकमा फागुन २१ मा हुने निर्वाचनको सरगर्मी बढ्दो छ । राजनीतिक दलका नेताहरु नेपालमै चुनावी प्रचारप्रसारमा दौडने समयमा स सना कार्यक्रमको तालिका बनाएर छिमेकी मूलुक भारततिर दौडधूप बढ्दो छ । यसभन्दा अघिल्लो हप्ता पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई चारदिने भ्रमण सकेर फर्किए । भ्रमणमा डा. भट्टराईले मुम्बईको प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थानले आयोजना गरेको महोत्सवमा भाग लिएका थिए । त्यस्तै आइतबार दिल्ली पुगेका प्रचण्डले पनि पार्टी निकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा जाने देखावटी कार्यक्रम तय गरे पनि दाहालले दिल्ली रहँदा आइतबार र सोमबार (आज) दुई महत्वपूर्ण भेटघाट गरेका छन् । आइतबार राति उनलाई होटलमै भेट्न आएका थिए भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल । उनी फर्केलगत्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक नयाँ दिल्लीतिर लागेका छन् । भारतको संयोजनमा भएको १२ बुँदे सहमति र त्यसको जगमा भएको २०६२÷६३ को आन्दोलनले नेपालमा राजतन्त्रको अन्त्यलाई भारतले आफ्नो उपलब्धिका रुपमा लिँदै आएको अवस्थामा त्यहीँ पक्षधर नेताहरू पालैपालो दिल्ली जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनीहरूबीच करिब १ घन्टा एक्लाएक्लै कुराकानी भएको स्रोतले जानकारी दिएको छ । दुई दिने भ्रमण सकेर दाहाल सोमबार नै नेपाल फर्किदैछन् । रास्वपाका उपसभापति स्वर्णिम वाग्ले पनि केही दिनभित्रै भारत जाने तयारीमा रहेको स्रोतले बताएको छ । वाग्लेले नयाँ स्थापना भएको ‘नेट स्ट्राट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको स्रोत बताउँछ । त्यस्तै जेन्जी आन्दोलनको जगमा बनेको सरकारका प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी पनि दिल्ली नै पुगेका छन् । पिसाबमा संक्रमण देखिएको भन्दै सुवेदी आइतवार दिल्ली प्रस्थान गरेका हुन । यता प्रचण्ड फर्किन नपाउँदै सोमबार दिउँसो कांग्रेस नेतृ एवं सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा पनि दिल्ली प्रस्थान गरेकी छिन् । राणाको व्यक्तिगत कार्यक्रम बाहिर बताइए पनि राजनीतिक भेटघाटको कार्यक्रम तय भएको बुझिएको छ ।