कांग्रेस एमाले गठबन्धन झनै कसिलो बनाउन दुई शिर्ष नेता सहमत

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ३,

मुलुकमा कांग्रेस–एमालेको गठबन्धनबाट बनेको वर्तमान सरकारलाई अझै कसिलो बनाउँदै अघि लैजाने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलवार छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै सरकार परिवर्तन हुने हल्ला फैलाएलगत्तै सो हल्लालाई चिर्न दुई नेताहरूबीच छलफल भई गठबन्धनलाई अझै कसिलो बनाएर लैजान उहाँहरू सहमत भएको बालुवाटार स्रोतले जनाएको छ । कांग्रेस सभापति देउवानिकट स्रोतका अनुसार देउवाले प्रधानमन्त्री ओलीलाई सरकार परिवर्तन गर्ने हल्लाबाट भयभीत नभई प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । ‘कसैले सरकार परिवर्तन हुन्छ भन्छ भने त्यो भ्रम हो, त्यस्तो भ्रमको अर्थ छैन ।’ प्रचण्ड त्यस्तो प्रस्ताव लिएर देउवालाई भेट्न खोजे पनि देउवाले भने ठाडै अस्वीकार गर्दै आइरहनुभएको छ । देउवाले आफू एमालेसँगको समझारीमा पूर्ण रूपमा इमान्दार रहेकाले अन्य पक्षसँग मिलेर सरकार बनाउन नसक्ने भन्दै प्रचण्डलाई जवाफ पठाइसक्नुभएको छ । देउवाको जवाफपछि वर्तमान गठबन्धन भत्काएर नयाँ गठनबन्धन बनाउने र देउवालाई प्रधानमन्त्री बनाउने माओवादी केन्द्रको योजना असफल भएको छ । स्रोतका अनुसार यस विषयमा पनि देउवा र ओलीबीच सामान्य कुराकानी भएको र एमालेसँगको समझादारीमा आफू प्रतिवद्ध रहेको जवाफ देउवाले ओलीलाई दिनुभएको थियो । स्रोतका अनुसार समीकरणकै दलका नेताले पनि सरकारको गति बढ्नुप¥यो भन्ने सम्मका कुरा उठाउँदै आएकाले दुई नेताबीच सो विषयमा पनि छलफल भएको थियो ।

Like