सुरेश रजकको हत्यारालाई कार्वाहीको माग गर्दै माईतीघर मण्डलामा पत्रकारहरूको विरोध प्रदर्शन

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १६,

पत्रकार सुरेश रजकको हत्यारालाई कार्वाहीको माग गर्दै माईतीघर मण्डलामा नेपाल पत्रकार महासंघको आयोजनामा पत्रकारहरूले विरोध प्रदर्शन गरेका छन् । पत्रकार सुरेश रजकको न्यायको लागि पत्रकारहरुको सडकमा उतरेका छन्। उनीहरूले हत्यारालाई शीघ्र कार्वाही गर्ने र पत्रकारहरूको जीवनको सुरक्षा सुनिश्चित गर्ने माग गरेका छन्। यस विरोध प्रदर्शनमा सहभागी पत्रकारहरूले सरकारसँग कुनै प्रकारको दबाब नगर्ने, तर वास्तविक न्याय प्राप्त गर्नका लागि कानूनी प्रक्रिया पहिल्याउने कुरा गरेका छन्। शुक्रबार राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकक जलेर मृत्यु भएको थियाे । यो घटनाको विषयमा पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको सवाल उठाएका छन्। यो घटनाले पत्रकारहरूको असुरक्षाका मुद्दालाई थप उचालेर, देशभरिका पत्रकारहरूको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्नको लागि सशक्त कदम चाल्नुपर्ने आवश्यकता प्रतिविम्बित गरेको छ। संचारगृहको तोडफोडको घोर भत्सना गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले यो आन्दोलन टुंगोमा नपुगेसम्म निरन्तर विरोध प्रदर्शन गर्ने बताएका छन् । विरोधको एकेबद्तामा ठूलो संख्यामा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

Like