बृहत साेनाम ल्हाेछार साँस्कृतिक एवं रक्तदान कार्यक्रम सम्पन्न

Share to:

रासंसा/धादिङ, फाल्गुण ७,

मुलुकमा बृहत साेनाम ल्हाेछार साँस्कृतिक एवं रक्तदान कार्यक्रम – २०८१ एक समारोहबीच गत फाल्गुण ३ गते महादेबवेसी धादिङमा सम्पन्न भएको छ । उक्त कार्यक्रम अन्तर्गत आयाेजित विशेष रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुुख आतिथ्ययता रहेकाे थियो । “रक्त व्यवस्थापनमा सबैको सहभागीता” मूल आह्वानलाई सार्थक सिध्द गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज धादिङ जिल्ला शाखाकाे विशेष व्यवस्थापनमा उक्त रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज धादिङ जिल्ला शाखाका अध्यक्ष सुयेश बिक्रम रानाकाे सभापतित्व र समाजका उपाध्यक्ष रामचन्द्र रूपाखेतीद्वारा स्वागत गरि सञ्चालित साे रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ३३ जनाले स्वयंसेवी तवरका साथ रक्तदान गर्नुभएको थियोे ।

Like