रविले सभामुख घिमिरेलाई निलम्बन फुकुवा गरिपाऊँ भन्दै बुझाए निवेदन
रासंसा/काठमाण्डौ, माघ १८,
मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् ।लामिछानेले सभामुख घिमिरेलाई निवेदन दिँदै आफू फौजदारी कसुरको अनुसन्धान भई अदालतहरूबाट थुनामुक्त रहेकाले निलम्बन फुकुवा गर्न माग गरेका छन् । लामिछानेले शुक्रबार सभामुख घिमिरेलाई सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटेर निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन् ।
Like